असार २९, २०७४
काठमाडौं : नेपाली भाषाका आदिकवि भानुभक्त अाचार्यको २०४ औं जन्मजयन्ती नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ।

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०३ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। बाबु धनञ्जय आचार्य र आमा धर्मावती देवीका एकमात्र छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो। उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए।
भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली जनबोलीमा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उनी आशुकवि पनि थिए। जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानले बिहीबार प्रभातफेरी र प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकविको शालिकमा माल्यार्पण गर्दैछ। यस्तै राष्ट्रिय नाचघरले संगीत लहरी कार्यक्रम आयोजना गर्दैछ। नेपालीभाषीको बहुलता रहेका भारतका विभिन्न भागमा पनि कार्यक्रम गरी भानुभक्त आचार्यको सम्झना गरिँदैछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology