• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारिता र मेरो अनुभव बिगतदेखि बर्तमानसम्म

पत्रकारिता र मेरो अनुभव बिगतदेखि बर्तमानसम्म


समायोजन खबर
  • शनिबार, जेष्ठ २७ २०७४

  • चसिला तामाङ


    शुरूको दिनहरूमा बिशेष गरी रेडियो कार्यक्रममा अलि धेरै चासोको साथ आगड़ि बढ़ेपनि २०५८/५९ सालमा बिधिवत रूपमा चाहि तामाङ संचार समूहले ललितपुरमा आयोजना गरेको १ हाप्ते आधारभूत छापा पत्रकारिता तालिम संगै मेरो पत्रकारिता यात्रा शुरू भयो भन्दा अत्युक्ति नहोला । जानी नजानी २०६० सालमा प्रकाशित मादन कुँडारी बिगतदेखि बर्तमानसम्म नामक स्मारिकामा कार्यकारी सम्पादक अनि २०६२/६३ सालमा सुनकोशी साप्ताहिकमा ब्यबस्थापक भई काम गरिरहे । करिब २ बर्षको ब्यबस्थापनसंगै छापापत्रकारिता यात्रालाई २०६५/६६ बाट नयाँ संचार दर्शन साप्ताहिकको बिशेष संबाददाता रुपमा निरन्तरता दिइरहे ।
    यो यात्रा संगसंगै आफ्नो अध्ययन अनि रेडियो कार्यक्रमको लागि रेडियो ह्ब्च को आदरणीय दाजुहरू जगत दोङ, दीपेन्द्र दोङ र कुमार मोक्तान अनि रेडियो मेट्रो एफ.यम.को प्रतीक तामाङ, इन्दिरा तामाङ अनि मायालु तामाङसंगको सम्बन्ध अनि केही रेडियोको लागि अवश्याक ज्ञान अनि १ हाप्ते आधारभूत रेडियो पत्रकारिता तालिम पनि लिइरहे । यसै क्रममा नयाँ संचार दर्शन साप्ताहिकको यात्रालाई थप बलियो बनाउन २०६६ मा काभ्रे जिल्लामा संचालन हुन लागेको रेडियो मध्यपुर्ब १०४ मेगाहर्जले आयोजना गरेको गरेको २१ दिने रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धी तालिममा दोश्रो स्थान संगै सोही रेडियोमा कार्यक्रम उत्पादन/प्रसारण संयोजकको रुपमा रेडियो पत्रकारिता यात्रा पनि आगड़ि बढाए ।
    यो बीचमा मैले आफ्नो अध्ययनलाई थप मजबुत बनाए । मेरो ब्यबस्थापन बिषयमा स्नातक गर्दै गर्दा पत्रकारिता बिषयलाई नि स्नातकसम्म आगड़ि बढ़ाए । जसले गर्दा मलाई पत्रकारिता यात्रालाई आगड़ि बढ़ाउन सजिलो भयो । १ बर्षको रेडियो मध्यपर्बको यात्रालाई त्यही बीट मार्दै काभ्रे कै अर्को रेडियो नमोबुद्ध एफ. यम. १०६.७ मेगाहर्जमा कार्यक्रम प्रस्तोता तथा उत्पादकको रुपमा आफ्नो रेडियोपत्रकारिता यात्रालाई निरन्तरता दिइरहे । नयाँ नया संचारदर्शन साप्ताहिक, तामाङ भाषाको पहिलो मासिक पत्रिका छार गोङमा अनि रेडियो नमोबुद्धको यात्रा लाई निरन्तरता दिदादिदै परिस्थितिले जापान सम्म आइपुग्दा पनि जस्तोसुकै असहज भए पनि बचेको केही समय दिएर भएपनि अहिले सम्म पनि निरन्तरता दिदै आएको छु । यसको अलबा बिगत २ बर्षदेखि जापानबाट संचालित आनलाइन पत्रिका मातृसन्देश डट कममा बिशेष रिपोर्टरको रुपमा कार्यरत छु । साथै नेपालबाट संचालित सैलुङ आनलाइनमा पनि बिगत छ महिनादेखि आबद्द छु ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology