प्रस्तुति ल्हाक्पा तेन्जी लामा (शेर्पा)

बौद्ध धर्म अनुसार बर्ष भरिमा धेरै प्रकारको दुइछेन अर्थात धार्मिक पर्वहरु हुने गर्छ। त्यस मध्य सागादावा एउटा ठुलो र धेरै महत्वपूर्ण धर्मिक पर्व हो। र यो बुद्धिस्ट पात्र अनुसार (दावा शिप) अर्थात चौथो महिनामा पर्छ। त्यसैले मे २६तारिक अर्थात शुक्रबार छेप चिक वा चौथो महीनाको पहिलो तिथि दिन देखि सुरु भएर जुन २४ नांखाङ वा औशीको दिन बेलुका सम्म हुनेछ।
के हेा सागादावा ?अनि यसकेा महत्व के छ बैाध्द समुदायमा ?
सागा भनेको आकाशको ताराहरु मध्ये एउटा प्रमुख ताराको नाम हो। यो तारा प्रमुख ताराको रूपमा झुल्किने भएको हुनाले सागा भनेको हो र दावा भनेको महिना हो। त्यसैले यो महिनालाई सागादावा भनिएको हो। सागा धावा बौद्ध धर्ममा ठुलो र महत्वपूर्ण धर्मिक पर्व मानिन्छ किन भने यो महिनाको पन्ध्रौं तिथि पुर्णिामाको दिन भगवान बुद्धको जन्म लुम्बिनीमा भएको हो र सोहि पुर्णिामाको दिन भगवान बुद्धले बोधगयामा ज्ञान प्राप्त गर्नु भएको र सोही पुर्णिामाको दिन भगवान बुद्धको कुशेनगरमा महपरिनिर्माण भएको हो। त्यसैले यो महिना वा सागा धावा धेरै महत्वपूर्ण भनिएको हो। जुन बेला बुद्ध जन्मिनु भयो त्यही बेला बैशाख पुर्णिामा र सागाधावा एकै महिनामा परेको थियो भने बुद्धिस्ट क्यालेन्डरको तिथि मिति कहिले बढी कहिले घटी भएकोले बैशाख पुर्णिामा र सागाधावा एक महिनाको अगाडि पछाडी पर्न पुग्छ। र यो तीन तीन बर्षमा संगै पर्छ।
यो महिनामा सबै गुम्बाहरु ठुला ठुला पुजा वाङ र न्युउनेहरु हुने गर्छ। यो महिनामा हामीले जति धर्म पुन्य र पाप कर्म गर्छ त्यसकेा सय ु गुणा फल प्राप्त हुन्छ भन्ने कुरा बौद्ध धर्म अनुसार भनिएको छ। र यो १ महिना सबै जनाले मासु मांस, जाँड रक्सी, चुरोट खैनी जस्ता चिजहरु छोडनु भएमा धेरै ठुलो पुण्या प्राप्त हुन्छ। र पाप गरेमा धेरै ठुलो पाप भोग्नु पर्नेछ भन्नुभएको छ भाग्वान बुद्धले। यदि कसैले छाडनु नसकेमा वा भुलेर खानु भएकोमा यो महिनाको ८ औ तिथि अष्टमि,१०औ तिथि दशमि, १५औ तिथि पु्णिमा, २५औ तिथि दशमि र ३०औ तिथि औषी अर्थत june 2, june 4, june 9, june 19, र june 24 तरिकमा मुख बार्नु सके पनि पुण्या प्राप्त गर्नु हुनेछ।
यो एक महिना भुटान, सिकिम र तिब्बत मा काटमार गर्ने र बेच्ने सबै बन्द गर्ने गर्छ। त्यसैले सबैले चोखो मनले भगवानको पूजागर्नु मन्त्र जप गर्नु, अरुको कुभलो नाचिताउनु ,काट मार नगर्नु, चोरी नगर्नु, झुठो नबोल्नु बरु थोरै बोल्नु तर साचो बोल्नु, अरुको कुरा नकाट्नु, नराम्रो शब्द नबोल्नु, चिप्ले कुरा गरेर अरुको मनमा चोट पुग्ने कुरा नगर्नु, अरुको लागि पाप नसोच्नुहोस, सक्नुहुन्छ भने अरुलाई दान गर्नु, सक्नु हुन्न भने पनि मन सफा राख्नुहोस। धर्म गर्ने ठुलो कुरा गरेर मात्रै होइन। हामीले सानु सानु कुराहरु बाट धर्मको शुरुवात गर्नु पर्छ।
धर्म त स्वयम् पवित्र छ त्यसलाई हामीले अनुसरण गर्नु पर्छ। हामीले हाम्रो जीवनमा प्रयोग गर्नुपर्छ त्यसपछि आफै धर्मको शुरुवात हुन्छ। धर्म जसरी सानु देखि शुरु हुन्छ पाप पनि त्यस्तै सानेा कुराहरु बाट शुरु हुन्छ त्यसैले हामीले अरुलाई हानि हुने काम कुरा कहिले पनि गर्नु हुन्न। संसारमा सबै कुराको समाप्ति छ। हामीले कमाउन सक्ने भनेको धर्म हो। धर्म कमाउने बाटो हाम्रो कर्म हो। हामीले राम्रो कर्म गर्नु सके कर्मको फल नि राम्रै पाउने हुनेछ। “सुन्तलाको बोट रोपे सुन्तालानै फल्ने छ त्यहाँ स्याउ फल्दैन“। “जस्तो कर्म उस्तै फल” आफू खुशी रहनु, आफू खुशी भयो भने अरुलाइ पनि खुशी दिनु सकिन्छ। हामिले राम्रो कुरा सोचे सफा मन बोके सबै नै सफा देख्नेछौ। हाम्रो मन नै सफा छैन भने हामीलाई जति नै धुएर वा सफा गरेर सफा ठाउमा राखे पनि हामी सफा हुने सकिदैनैा ।
त्यसैले हामीले हाम्रो सानेा सानेा कुरामा राम्रो कुराहरुको मात्र प्रयोग गरौ अवलम्बन गर्न सिकैा। सक्नु हुन्न भने नराम्रो पनि नगरौ यसलाइ त्याग्न सिकैा ।यति मात्रै गरे पनि धेरै नै ठुलो कुरा हो। अन्तमा भगवान बुद्दको आशिर्वादले सम्पूर्ण प्राणी जगतको भलो होस् ,हामी सबैमा शान्त हेास ,सबैलाई सत्बुद्धि प्रदान गरुन, हामी सबैको बाधा अडचन हटेर जाअे।स, मनले चिताएको पूरा होस, र सबै मृत आत्माले चिर सुख शान्ति मिलोस। भन्ने कामना गर्दछु।।
शेर्पा पत्रकार हुन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology