भिडियोमा रामजी खाँणको साथमा माया शेर्पाको अब्बल अभिनय
८ जेठ, सोलुखुम्बु – लोक सञ्चारकर्मी एवं गायिका यमुना मगरको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “लेकमा चौरी गाई” बोलको गीतको भिडियो युट्युवमा सोमबार सार्वजनिक भएको हो ।
गायिका मगरको जन्म दिनको अवसर पारेर गत शनिबार सो गीत सार्वजनिक प्रदर्शन गरिएको थियो ।

“लेकमा चौरी गाई” गीतमा शब्द र लयका साथमा एरेन्जसागर बिरहीले गरेकाछन् । गीतमा यमुनालाई चर्चित गायक रामजी खाँणले गायनमा साथ दिएका छन् भने भिडियोमा गायक खाँणलाई सोलुखुम्बुकै कलाकार माया शेर्पाको साथ रहेको छ ।
यस अघि चलचित्रमा समेत अभिनय गरिसकेकी मायाको अभिनय म्यूजिक भिडियोमा अब्बल रहेको छ ।
यमुनाको आवाजमा रेकर्ड भएको यो तेश्रो गीत हो । यस अघि तिज सम्बन्धी गीत रेकर्ड गरेर सार्वजनिक गरेकी यमुनाको पहिलो गीत भने “पागल भन्छन् एक्लै म रुँदा” हो ।
कलाकार देशका गहना — प्रजिअ पाण्डे
शनिबार योङ्ग स्टार क्लवमा आयोजित बिशेष कार्यक्रममा गीतको म्यूजिक भिडियोको सार्वजनिक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कलाकार देशको गहना भएको बताए । उनले कलाकारको सिर्जना कहिल्यै नमर्ने भन्दै यमुनालाई सफलताको शुभकामना दिए ।
कार्यक्रकमा सभापति एवं योङ्ग स्टार क्लव र सोलु एफएमका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले कलाकारहरुको प्रतिभा प्रष्फुटनमा क्लवले सहयोग गरिरहेको र गायिका मगरलाई पनि सहयोग गर्ने बताए ।
गायिका मगरले गीत संगीतमा लाग्दा आफूला घरपरिवारदेखि साथीहरु सबैको सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरिन् ।
“लेकमा चौरी गाई” गीतमा शब्द र लयका साथमा एरेन्ज समेत गरेका सागर बिरहीले गीत राम्रो बनेको बताए । बिरहीले गीतले गायिका यमुनालाई सांगीतिक क्षेत्रमा थप उचाईमा पु¥याउने बताए । यमुनाका बुबा टोपबहादुर मगरले सानैदेखि यमुना गीत संगीतमा रुचि राख्ने गरको स्मरण गरे ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।
ओखलढुंगाको विकट गाउँ जन्तरखानीमा जन्मिएकी यमुनाले विगत पाँच बर्षदेखि सोलुखुम्बुलाई कर्म थलो बनाईरहेकी छिन् । उनी अहिले सोलु एफएममा कार्यरत छिन् ।
@solukhumbusamachar
हेर्नुहोस् भिडियो
https://youtu.be/7GE58bETXsE
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology