• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारिता पेशा प्रति मेरेा अनुभुति र समाबेशी संचारमा फेानिजकेा भुमिका

पत्रकारिता पेशा प्रति मेरेा अनुभुति र समाबेशी संचारमा फेानिजकेा भुमिका


समायोजन खबर
  • सोमबार, जेष्ठ १५ २०७४

  • फुर्वा शेर्पा (पिनासा)

    मुलुकका जनताहरूलाई सुसुचित गर्ने प्रभवकारी माध्यम हो सही सत्य तथ्य घटनालाई खवर बनाइ निर्धारित समयभित्र आफ्नो श्रोता,पाठक,दर्शक सामु तत्काल खवर सम्प्रेषण गर्नुपर्ने पत्रकारिताको मुख्य धर्म हो जवसम्म देशमा पत्रकारिताको समुचित बिकास हुन सक्दैन उचित रुपमा संचारमाध्यम ब्यबस्थित प्रयोग हुन सकिदैन त्यहाँ बिकास असम्भब देखिन्छ मुलुकको चौतर्फी बिकास चाहे आर्थिक होस् चाहे सामाजिक, भैतिक, राजनैतिक समग्र बिकासमा पत्रकातिा पेशा अगाल्ने पत्रकार वा संचारकर्मीहरूले अग्रणी भुमिका खेलेको हुन्छ सदैब संचारकर्मी घटना वा समाचारको नजिक पुगेर खबर सम्प्रेषण गर्नुपर्दछ कुनै ब्यक्ति,समूह,दल,गुडबन्दीको पक्षपोषण नहुनेगरी सत्यलाई अगाली खबर सम्प्रेषणगर्नुपर्दछ तब मात्र पाठक, दर्शक श्रोता लगायतले निष्पक्षता, बिश्वासनियता सत्यताको अनुभुति गर्न सक्दछ

    हामी पत्रकार सधैँ तथ्यको नजिक पुग्न खोज्ने मानिस हुन तथ्य कहिल्यै भेटिँदै भनिन्छ  तर, त्यसको सबभन्दा नजिक कसरी पुग्ने ? हाम्रो ध्याउन्न त्यतिमात्र हुन्छ  हाम्रो भूमिका देशमा भइरहेका विद्यमान विकृति विसंगतिको खबरदारी गर्नु राम्रा कुरा बाहिर ल्याउनु नै हो  तर, हामीकहाँ घटना घट्नुअगावै हामीलाई समाचार लेख्ने होडबाजी हुन्छ  विशेषतः यो होडबाजी रेडियो टेलिभिजनमा बढी लागू हुन्छ  जुन कुरा चाँडो दिएर श्रोता, दर्शक पाठकलाई फाइदा हुँदैन भने किन हतार

    गर्ने ? कोसीमा बाढी आउँदै भनेचाहिँ दिनुपर्यो  माथि बाँध भत्केपछि तल बसोबास गर्नेलाई बचाउनका लागि त्यतिवेला प्रत्येक सेकेन्डसेकेन्डको महत्त्व हुन्छ  तर, भोलि सरकार बन्दै भन्ने समाचारको के अर्थ ? त्यो पनि दिनैपिच्छे त्यही कुरा लेख्ने अनि सरकारचाहिँ चारपाँच महिनासम्म नबन्ने ।अर्केा उदाहरण ताप्लेजुङकमा रहेकेा नाग्मपोखरी २०३७ सालमा फुटेकेा थियेा  पोखरी फुटेपछि बाढी आयो  पोखरी फुट्नबित्तिकै बाढीले आठजना बगाएका थिए। तर, त्यतिवेला हाम्रो रेडियोले भारतका सञ्जय गान्धी मरेको खबर सुनायो  तर, पोखरी फुटेर आइलागेको आपत्ति हामीले देखेनौ  सञ्चारमाध्यमको काम मानिस बचाउनु पनि हो नि  माथि बाढी आउँदै है भनेर सञ्चारमाध्यमले खबर दिएको भए अरू मानिस नदीकिनारबाट भाग्थे  त्यतिवेला कतिपय मानिस माछा मार्न जाँदा अकालमै मरे  रेडियोबाट त्यति समाचार भनिदिएको भए तिनीहरूको ज्यान जोगिने थियो  नाग्मपोखरी फुटेपछि बाढी चतरासुनसरी) आउन तीन दिन लागेछ, तर त्यो समाचार / दिनपछि प्रसारण गरियो  तसर्थ, त्यतिवेलाको सञ्चारमाध्यम कति प्रभावकारी थियो भनेर अन्दाज गर्न सकिन्छ  अर्केाकुरा हामी जे कुरा पाइयो त्यसको जाँचपड्ताल नगरी छापिहाल्ने हतारो हुन्छ हामीलाई  आफूले लेखेको समाचारमा प्रयोग भएका शब्दको अर्कै अर्थ पो लागिरहेको कि हामीलाई त्यतातिर ध्यानै छैन 

    अहिले सबै जनताहरूले आफ्नो भवना बिचारको वकालत गरी राज्यको नीति निर्माण तहमा समाबेशी रुपमा पहुच पुप्याउनुपर्ने आवाज उठिरहेको जसका लागि जनजातिहरूले जातीय संघ, संगठन स्थापना गरी अघि बढिरहेको त्यस्तै बिभिन्न धर्म, सम्प्रदाय, दल, पेशागत संगठनहरू आफ्नो पहुच मागका लागि शसक्त रुपमा लागिरहेको मुलुकमा यी संगठन,दलहरूबाट धेरै आन्दोलन कार्यक्रमहरू गरेता पनि हालसम्म जनताहरूले साज्यके निर्णयक तहमा पहुँच स्थापित गरी समान सहभगिता पुर्ण लोकतन्त्रको प्रतयाभुति महसुस गर्न नसकिरहेको अवस्थ नेपाली पत्रकारिताकेा इतिहास हेर्ने हेा भने समाबेशी सिदान्त लागु भएकेा पाइदैन । सबै समुदायका मानिस,धर्म,बर्ग,सम्प्रदायकेा समान प्रतिनिधित्व भएकेा पाइदैन ।अत जति समाचार ,अन्तरबार्ता,रिपेार्ट,लगायतका सामग्रीहरू केन्द्रिकृत हुने गर्थ्येा ।अथवा जति पनि प्रसारण प्रकाशन हुने सामग्रीहरू सबै जाति धर्म समुदायका लागि शान्दर्भिक थिएन । नेपालको पत्रकारितामा पहिलो स्नातकोत्तर गर्ने पत्रकार लालध्वज देउसा राई हुन् त्यस्तै पहिलो रेडियो सञ्चारकर्मी नारदमुनी थुलुङ हुन् तर ऐतिहासिक तथ्याङ्क भएर के गर्नु, मूलधारको सञ्चार माध्यममा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व पहुच अत्यन्तै न्यून देशमा विविधता तर यहाँका नीति नियमहरु ती विविधतालाई सम्बोधन गर्ने किसिमको हुन सकिरहेको छैन अझ सञ्चार नीति समावेसी छैन विगतदेखि नै भन्दै आएका छौं कि नेपालको समाजलाई साँच्चै समृद्ध बनाउने हो भने सञ्चार माध्यम समावेसी चरित्रको हुनु जरुरी पहुँच प्रतिनिधित्व मात्र नभई विषयवस्तुमा समेत समावेसिताको सिद्धान्त अपनाउने हो भने नेपाली पत्रकारिता साँच्चै व्यावसायिक बन्न सक्दछ हामी सबैको ध्यान त्यसतर्फ जान जरुरी

    मातृभाषा सबै समुदायको ढुकढुकी हो, यसलाई अस्तित्वमा नल्याउने हो भने सबै जातजातिको स्थानीय पहिचान हराउने अवस्थामा पुग्न सक्छ यी तथ्यहरुलाई मध्यनजर गर्दै हरेक जातजातिले मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्नु पर्छ संगठित हुनुपर्छ अत  नेपाली मेडियामासमाबेशी निति र सबै जातजाति धर्म बर्ग,समुदायकेा समान  प्रतिनिधित्वकेा अावश्यकता महसुस भयेा त्यस संगसंगै बहुसंख्यक जात जातिहरूलाइ मेडियामा समान प्रतिनिधित्व गर्न र दुरदराजका समुदायकेा अ।वाज बुलन्द गर्न अ।दिबासी जनजाति पत्रकार महासंघ(फेानिज)केा जन्म भयेा । यहँा फेानिजबारे केही चर्चा गर्न चाहन्छु ।

    नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको साझा संगठनको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) क्रियाशील रहँदै आएको यो संगठनले आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुकै हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्ला चार विदेश(जापान,युके,दक्षिण केारिया, हङकङ देशहरूमा शाखाका रुपमा विस्तार भइसकेका यो संगठनको गौरवको विषय हो ।फेानिजमा अहिले सम्म १५००जना भन्दा बढी सदस्यहरू अ।बध्द रहेका छन् जसमध्ये ४०० जनामहिला सदस्यहरू रहेका छन् ।

    फेानिजकेा  मुख्य उद्देश्य भनेकै नेपाली पत्रकारितालाई बढीभन्दा बढी व्यावसायिक बनाउने हो अहिले देखिएका विकृति विसंगति हटाउँदै सामाजिक संरचनाअनुसारको बहुलतालाई नेपाली पत्रकारिताको माध्यममार्फत् परिष्कृत विकसित गर्न चाहन्छौं त्यसका लागि आमसञ्चारकर्मी व्यावसायिक रुपमा सशक्त प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने किसिमको हुन जरुरी अहिले फोनिज विविधतायुक्त समाजअनुरुपको पत्रकारिताको अभ्यास गर्नका लागि त्यस दिशामा अघि बढिरहेका

    लोकतन्त्र, विकास सुशासन कायम गर्नका लागि पनि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ पारदर्शी जवाफदेहीपूर्ण पत्रकारिताले मात्र सुशासन कायम हुनसक्दछ, लोकतन्त्र फस्टाउन सक्दछ त्यसैले नेपाली पत्रकारितालाई क्षेत्रलाई थप मर्यादित व्यावसायिक बनाउन फोनिज सदैव क्रियाशील रहनु पर्दछ, रहने

    प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र२०७३(श्रेात फेानिज नेपालकेा साइटबाट)

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७३ जेठ गते नेवाः राज्य काठमाडौंमाहाम्रो अभियानः पूर्ण प्रेस स्वतन्त्रता समाबेसी आमसञ्चारमूल नाराका साथ सम्पन्न ऐतिहासिक प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र२०७३

    . संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता नभएको भन्दै असन्तुष्टी पैदा भई आन्दोलनरत पक्षको मागलाई गम्भिरतापूर्वक लिएर राज्यले तत्काल सम्बोधन गर्न यो भेला जोड्दार माग गर्दछ

    . नेपाल पत्रकार महासंघको २०७३ वैशाख २१ गते चितवनमा सम्पन्न साधरणसभाको म्याण्डेटअनुसार विधानमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित, उत्पीडित क्षेत्रलगायत अल्पसंख्यक समुदायको संचारकर्मीलाई समानुपातिक समाबेसी प्रतिनिधित्व सुनिश्चत हुनेगरी जारी गर्न भेला माग गर्दछ

    . सरकारद्वारा पारित श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक १९,५०० रुपियाँ तत्काल प्रदान गर्न यो भेला जोड्दार माग गर्दछ

    . राज्यद्वारा उपेक्षित औपचारिकतामा मात्र सिमित पारिएका आदिवासी जनजाति मातृभाषामा प्रकाशित पत्रपत्रिका प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न भेला सरकारसित माग गर्दछ

    . सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता समावेशी समाचार कक्ष स्थापना गर्न माग गर्दै सञ्चारमा आदिवासी जनजातिको भाषा, संस्कृतिपरम्परा राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण प्रकाशनको व्यवस्था गरी पूर्ण समावेशी संचार नीति लागु गर्न यो भेला माग गर्दछ

    . आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी आदि समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न सरकारस यो भेला माग गर्दछ

    . पुस्तक लेखेकै आधारमा झुटो मुद्दा लगाएर किरात राई पत्रकार संघका पूर्व महासचिव तथा पत्रकार भद्रगोल किराती (मनोजकुमार राई) लाई प्रहरीले थुनामा राखेको घटनाको भ्रत्र्सना गर्दै तुरुन्त रिहाई गर्न यो भेला जोडदार माग गर्दछ

    . नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विविभन्न प्रमाणका आधारमा यो भेला ठोकुवा गर्दछ साथै संस्थापक महासंघका अध्यक्ष को भन्ने उत्पननका सन्दर्भमा सत्य तथ्य अध्ययन अनुसन्धान गरी यस सम्बन्धि उठेको विवाद हल गर्न यो भेला पत्रकार महासंघ लगायत सबै पक्षसँग माग गर्दछ

    . आदिवासी जनजाति, मधेसी, मुस्लिम समुदायको पहिचान खुल्ने गरी सिमांकन नामांकन सहित प्रादेशिक संरचनालाई पुर्णता दिई नेपालको संविधान २०७२ लाई संसोधन गरीयोस भन्ने यो भेला माग गर्दछ

    १०. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय, प्रादेशिक जिल्ला शाखालयात सम्पूर्ण निकायको निर्वाचन १८ महिनाभित्रमा सम्पन्न गरिसक्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ

    घोषणा समिति
    संयोजक : भैरव आङ्ला
    सदस्यशाहीमान राई
    सदस्यजीवन लामा
    सदस्यदिपा आलेमगर
    सदस्ययमन दनुवार
    सदस्यईन्द्रजित मुखिया

     

     

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology