• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एनआरएनए जापानकेा पन्जिक्रित तथा नयाँ आबेदकहरुको लागि सदस्यता बितरण कार्यलाई तिब्रता(फाराम यसरी भर्नुहेास)

एनआरएनए जापानकेा पन्जिक्रित तथा नयाँ आबेदकहरुको लागि सदस्यता बितरण कार्यलाई तिब्रता(फाराम यसरी भर्नुहेास)


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १२ २०७४

  • टोकियो,१२जेठ । गैर-आवसीय नेपाली संघ (एनआरएनए)जापानढ्वारा पन्जिक्रित तथा नयाँ आबेदकहरुको लागि सदस्यता बितरण कार्यलाई तिब्रता दिएको छ ।
    एनआरएनए जापानको अधिवेशन नजिकदै गर्दै सदस्यता वितरण पनि तिव्रता बढेको छ । नयाँ सदस्यता बन्न् आफ्नै मोबाईल मार्फत एनआरएनए जापान टाईप गरि एप्लिकेसन डाउनलोड गरे पश्चात आँफैले फर्म भरी सदस्यता बन्न सकिने नयाँ आफ्नै एप्सको डेपलप गरेको छ । यस पटक नयाँ प्रबिधिबाट आफु सदस्य भएको जानकारी पनि मोबाईल एप्लिकेसनबाट नै प्राप्त हुन्छ त्यसैगरी सर्बसाधारणको सहजताको लागि,हाल शिनोकोबुस्थित सोल्टी इन्टरप्राइजेसको अफिसबाट आफ्नो पुरानो सदस्यता लीन र नयाँ सदस्यता आबेदन फारम भर्नेको भिड नै हुने गरेको सचिव बुद्धिराज घिमिरेले बताउनु भयो ।
    एनआरएन जापानको सदस्यता नविकरण र नयाँ सदस्यता फाराम भर्ने म्याद मे ३१ तारिक सम्म रहेको छ । जापानवासी सम्पूर्ण नेपालीलाई समयमा नै सदस्यता बन्न एनआरएनए जापानका अध्यक्ष सुदन थापाले आह्वान गर्नु भएको छ ।

    एनआरएनए जापानको सदस्यता नबिकरण तथा नया सदस्यता लिने समय नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्न मे ३१,२०१७ सम्म खुला रहेको छ ।
    एप मार्फत नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्नु भएका तथा सदस्यता लिने सोचमा रहनु भएका महानुभाबहरुले ध्यान दिनुपर्ने कुरा हरू।
    -नया सदस्यता तथा नबिकरणका लागि एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा प्रतिव्यक्ति १,००० येन दाखिला गरि भौचर मा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम , भौचरको फोटो ,आफ्नो फोटो ,परिचय कार्ड लगायतका कुरा हरु एनआरएनए एप मार्फत फारम भर्दा संगै पठाउनु पर्ने छ ।
    -फोटो ,परिचय कार्ड राखेर फारम भरि सक्नु भएका तर एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन नराख्नु भएका हरुले एनआरएनए जापानको खातामा पैसा जम्मा गरि आफ्नो एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरेर ADD RECEIPT मा गएर बैंक भौचरमा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम जस्ता कुरा लेखि साथ मा भौचर नत्थी गरि पठाउनु पर्ने छ ।
    -नबिकरणको लागि आफ्नो आइडी नम्बर जस्तै:001-001500 र हामीले उपलब्ध गराएको अस्थाई पासओर्ड राखी आफ्नो फोन नम्बर र आफुले सम्झने स्थाई पासओर्ड राख्नु पर्ने छ ,फोन नम्बर र स्थाई पासओर्डले तपाई लाई एनआरएनए एपमा लगइन गर्न सहयोग गर्ने छ,आफ्नो स्थाई पासओर्ड गोप्य रुपमा राख्न अनुरोध छ । अस्थाई पासओर्ड हराउनु भएका महानुभा हरुले जानकारी को लागि कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ l
    -तपाईले फारम भरे पछि सर्बप्रथम पेनडिंग अवस्थामा रहने छ तपाईले पठाउनु भएको आफ्नो फोटो ,परिचय कार्ड ,सदस्यता सुल्क तिरेको चेक जाच गरि पुरा आएका फारम लाई प्रमाणित गरिने छ ,अनिबार्य रुपमा फोटो, परिचय कार्ड ,सदस्यता सुल्क तिरेको भौचर अनिबार्य रुपमा राख्नु पर्ने छ l
    -एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन राख्नु भएका तर फोटो ,परिचय कार्ड नराख्नु भएका महानुभाब हरुले यथासिघ्र समिति लाई आफ्नो सदस्यता आइडी नम्बर पठाई पुन एकपटक सुरुबाट फारम भर्न अनुरोध छ ।
    -सदस्यता बन्ने क्रममा तपाइले राख्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आएमा यथासिघ्र समिति संग सम्पर्क गरिदिन अनुरोध छ l एक फोन नम्बर एक सदस्य बन्नमा मात्र प्रयोग हुने छ ।
    सबै प्रक्रिया पुरा गरि सक्नु भएका महानुभाब हरुले एनआरएनए जापानको एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरि आफ्नो सदस्यता प्रमाणित भए नभएको हेर्न सक्नु हुने छ ,सदस्यता पेनडिंग आएको खण्डमा यथासिघ्र सम्पर्क गर्न अनुरोध छ । पेनडिंगमा रहने कारणहरु फोटो ,परिचय कार्ड र सदस्यता सुल्क तिरेको भौचरको फोटो मध्य एक नहुनु हो या सबै नहुनु हो l फारम भर्दा आफ्नो इमेल ठेगाना राख्नु भएको खण्डमा तपाईको सदस्यता सम्बन्धि जानकारी इमेलमा दिइने छ ।
    -सदस्यता फारम भर्न सुरु गरे पछि आफ्नो फोटो र परिचय कार्ड राखे पछि मात्र अन्त्य गर्नु होला बिचमै छोड्नु भएको खण्डमा तपाईको फारम फोटो र परिचय कार्ड बिनानै जम्मा हुने छ र पछि नया फारम भर्दा तपाईले प्रयोग गर्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आउने छ ।
    फारम भर्दा कुनै पनि समस्या भएमा तुरुन्त एनआरएनए जापान क्षेत्रिय समिति अथवा कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology