• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नवनियुक्त राजदूत राणाद्धारा शिष्टाचार भेटघाटमा ब्यस्त

नवनियुक्त राजदूत राणाद्धारा शिष्टाचार भेटघाटमा ब्यस्त


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १२ २०७४

  • जापान,१२ जेठ । जापानको लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणाले जापानको परराष्ट्र मन्त्रालयका राज्यमन्त्री शिन्सुकी सुगोयामासंग शिष्टाचार भेट गर्नुभएको छ ।


    बिहिबार भेटका अवसरमा राजदूत राणाले जापानी सम्राट समक्ष पेश गर्ने आफ्नो ओहदाको प्रमाणपत्रको प्रतिलिपी प्रस्तुत गर्नुभएको हो । राजदूत राणाले मन्त्री सुगोयामासंगको शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरुका विषयमा छलफल भएको थियो । सो भेटमा राजदूत राणाले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउने प्रयत्न गर्ने र जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
    बिहिबार नै राजदूत राणाले जापानको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसंग पनि शिष्टाचार भेट गर्नुभएको थियो । सो भेटमा नेपाली दूताबास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल तथा तृतीय सचिव रेवन्त केसीको उपस्थिति रहेको थियो ,त्यस्तै मन्त्री सुगोयामासंगको भेटमा जापान परराष्ट्र मन्त्रालयका दक्षिण पश्चिम एसिया प्रभागका निर्देशक तथा नेपाल डेस्क अधिकृतको उपस्थिति रहेको थियो ।

    नवनियुक्त नेपाली राजदूत प्रतिभा राणाले शुक्रवार पनि जापानस्थित नेपाली समुदाय एनआरएनएका पदाधिकारी अग्रज ब्यक्तित्व,पत्रकार लगाएतकोसंग भेटघाट गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology