• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानकेा सम्राटकी नातिनी माको विवाह ‘समुद्र राजकुमार’संग

जापानकेा सम्राटकी नातिनी माको विवाह ‘समुद्र राजकुमार’संग


समायोजन खबर
  • मंगलबार, जेष्ठ ९ २०७४

  • मे २३ जापान

    जापानको सम्राटकी नातिनी राजकुमारी माकोले एक कानुनी सहायकसंग बिबाह गर्ने भएकी छिन् । जसलाई समुद्री राजकुमारको उपमान दिइएको छ ।

    जापानको शाही परिवारमा वैवाहिक रिति रिवाजका लागि अत्यधिक समय लाग्ने भएकाले सो बिबाहको मिति थय गर्न अरु समय लाग्ने बताएको छ ।

    राजकुमारीको मन जित्न सफल की कोमुरोले रिपोर्टरसंग बुधबार बताएका छन् कि विवाहको छिनोफानो हुनु अघि यो जोडीले सार्वजनिक घोषणा गरेर बिबाहको मिति तय हुनेछ । त्यसपछि मात्र विवाहका विषयमा सम्राट र साम्राज्ञीलाई बताउने छन् ।

    राजकुमारीसंगको भेटको प्रसंग कोट्याउँदै कोमुरोले उनी कानुनी सहायकको रुपमा काम गरेको र माकोसंग फोनमा कुरा भैरहेको थियो भने यो जोडी टोक्योको अन्तर्राष्ट्रिय मसीही विश्वविद्यालयमा संगै अध्ययन गरेको पनि जानकारी दिएका छन् ।

    राजकुमारी माको र उनको हुनेवाला पति दुवै २५ वर्षका छन् र उनीहरु पहिलोपटक टोक्यो शिबुयाको एक रेष्टुरेन्टमा ५ वर्षअघि विदेश अध्ययनको बारेमा कुरा गर्दा भेट भएको थियो । त्यसपछि महिनामा धेरैचोटि भेट भैराख्ने गरेको पनि समाचारमा बताइएको छ ।

    कोमुरोलाई एकचोटी कानागावा प्रान्तको शोनन तटको प्रवर्द्धन गर्न समुन्द्रको राजकुमारको उपमा दिइएको थियो । बिबाहपछि माको भने राजकुमारी नरहेर एक साधारण नागरिक मात्र हुनेछिन ।

    मकोले कोमुरोलाई आफ्नो अभिभाबकसंग भेट गराइसकेकी छिन् र उनीहरुले त्यसलाई स्वीकार गरेको बताइएको छ ।  विवाहको औपचारिक घोषणा भने अर्को महिने हुने बताइएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology