• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किरात राई यायोक्खा जापानले टोक्योमा भब्य उभौली साकेला सहीत BBQ पार्टी सम्पन्न (फेाटेा सहित )

किरात राई यायोक्खा जापानले टोक्योमा भब्य उभौली साकेला सहीत BBQ पार्टी सम्पन्न (फेाटेा सहित )


समायोजन खबर
  • सोमबार, जेष्ठ ८ २०७४

  • जेठ ८ टेाक्येा
    किरात राई यायोक्खा जापानले टोक्योमा भब्य उभौली साकेला सहीत BBQ पार्टी गरेको छ। किराती भाषा,लिपी,मुन्दुम र सस्कृतिको संरक्षण तथा सम्बर्धन गर्न स्थापना भएको किरात राई यायोक्खा नेपालको प्रवास शाखा किरात राई यायोक्खा जापान संस्थाले उभौली साकेला सिली नाँच अर्थात् येले सम्बात्५०७७ भूमी पूजा यहि २०१७-५-२१ गते मे२०१७ आईतबार टोक्योको हाईजीमा भन्ने ठाऊमा सम्पन्न गरको छ |
    कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंग जापानको अध्यक्ष पासाङ शेर्पा ,एनआरन जापानका उपा-ध्यक्ष टासि लामा, लगायत अरु बिभिन्न संगसंस्था तथा संगठनको प्रतिनिधिहरु ,पत्रकार ,किरात तथा गैर किरात समुदायको जापान बासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थीयो।
    औपचारिक रूपमा कार्यक्रममा सुभकामना मन्तव्य दिनु हुदै नेपाल आदिबासी जनजाति महासंग जापानका अध्यक्ष पासंग शेर्पाले नेपाल आदिबासी जनजाति महासंग जापानले किरात राई यायोक्खा जापानलाई जूनसुकै अबस्थामा पनि सहयोग र साथ दीने कुरा जानकारी दिनु भएको थियो। कार्यकर्मलाई किरात राई यायोक्खा जापानको सह-कोषअध्यक्ष सेमीना राई र तोचुकी केनको प्रतिनीधि बिमन (किराती) राईले आगंतुक पाहुनाहरूलाई शूभकामना मन्तव्य दिनु भएको थियो।साथै राजकुमार राईले किराती बिधी सम्बद पूजा गरी औपचारीक साकेला नाचको सुरु गर्नु भएको थियो।
    त्यस पछि जापानमा रहेका किरात तथा गैर किरात समुदायको जापानबासी नेपालीहरूले सिल्ली मापाको तालमा सबैले सकेला नाचमा साथ दीनू भएको थीयो। कार्यकर्म किरात राई यायोक्का जापानका सल्लाकार संजीब राईले सन्चालन गर्नु भएको थीयो भने पार्बिधिकमा सह-सचिब पर्भु अम्बुले राईले साथ दीनू भएको थियो। कार्यक्रम बिहान १०बजेबाट बेलूका १८ बजे सम्म भएकेा  थियो।

     

     

     

     

     

     

     

     

     

    फेाटेा संजिब राइ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology