• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानबासी नेपालीहरू बिबिध समस्याका कारण जापानी प्रहरीकेा निगारानी बढेकेाले बेलैमा सचेत हुनुपर्छ -उपनियेाग प्रमुख कृष्णचन्द्र अर्याल

जापानबासी नेपालीहरू बिबिध समस्याका कारण जापानी प्रहरीकेा निगारानी बढेकेाले बेलैमा सचेत हुनुपर्छ -उपनियेाग प्रमुख कृष्णचन्द्र अर्याल


समायोजन खबर
  • आइतबार, जेष्ठ ७ २०७४

  • २१  मे,टोकियो ।

    नेपाली दुताबास जापानका उपनियेाग प्रमुख कृष्णचन्द्र अर्यालले जापानमा नेपालीहरूकेा संख्या बढ्दै जादा देखिएका बिबिध समस्याका कारण जापानी प्रहरीकेा निगारानी बढेकेाले बेलैमा सचेत हुन  नेपाली समुदायलाइ अ।ग्रह गर्नुभएकेा छ ।

     

    हिजेा अर्थात मे २० तारीख,शनिबार टोकियोमा  नेपाल पत्रकार महासंघ जापानकेा अ।येाजनामा पत्रकार तथा जापानमा कृयाशिल विभिन्न संघ-संस्थाहरुबीचभएकेा  अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथिकेा अ।सानबाट बेाल्नुहुदै राजदुत अर्यालले पछिल्लेा समय जापानमा नेपाली समुदायहरूमा बिभिन्न अपराध ,ठगी र राजनैतिक कृयाकलाप बढ्दै गइरहेकाले सीमित ब्यक्तिका कारण सारा नेपालीहरूलाइ असर नपार्न समयमै निराकारण खेाज्नुपर्ने बताउनुभयेा ।छलफल  कार्यक्रममा उपस्थित संघसंस्थाका प्रमुखहरूले उठाएका प्रश्नहरूकेा सामुहिक जवाफ दिनुहुदै  उहाँले दुताबासलाइ देाष र अ।रेाप लगाउने तिर मात्र नभइ सकारात्मक काम कुनै संस्थाले थालनी गरेमा पुर्णरूपमा सहयेाग गर्न तत्पर रहेकेा बताउनुभयेा । साथै उहाँले नेपाल पत्रकार महासंघ जापानले जापानमानेपालीहरूकेा मान मर्यादा र प्रतिष्ठा संग जेाडिएर समय शान्दर्भिक कार्यक्रम अ।येाजना गरेकेामा प्रशंसा गर्नुभयेा ।

    राजधानी टेाक्येाकेा सिनओकोबुस्थित बारकाडे गुडटाईम्समा स्थानिय समयअनुसार दिउँसेा १ बजे देखि अपरान्ह ५ बजेसम्म भएकेा सेा कार्यक्रममा उक्त कार्यक्रममा सहभागि  गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा,  प्रवासी नेपाली मन्च जापानका महासचिव सुरेश केसी,बाँके वर्दिया मैत्री,समाजका अध्यक्ष जनकविक्रम शाही,स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणि भण्डारी,पाल्पा,समाजका जापानका अध्यक्ष निरन्जन गैरे,गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी,नेपाली जन प्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही,धादिङ समाज जापानका अध्यक्ष कृष्ण प्रसाद खनाल,नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पुष्करजंग थापा,एभरेष्ट ईन्टरनेशनल स्कुल जापानका अध्यक्ष डाक्टर भूपाल मान श्रेष्ठ,यूथ फर अल जापानका उपाध्यक्ष राजन पन्त,किराँत याक्थुङ चुम्लुङ जापानका सचिव मनकुमार तुम्सा,पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लोहनी,राप्ती सोसाइटी जापानका संयोजक विशेश्वर रेग्मी,जनप्रगतिशील मन्च जापानका सचिव जनक सुवेदी,नेपाल इकोनोमिक्स अर्गनाइजेसनका अध्यक्ष जीवनराज भण्डारी,तमु धीं जापानका अध्यक्ष श्री भक्त गुरुङ,म नेपाली ग्रुपका प्रतिनिधी इन्दिरा गौतम,ओएनएफ जापानका कार्यवाहक अध्यक्ष वावुराम भण्डारी,नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की,अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना,जापान नेपाली एकता समाजका प्रतिनिधी मानवहादुर क्षेत्री,कास्की पोखरा समाजका कार्यवाहक अध्यक्ष विश्व सुवेदी लगाएत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले पत्रकारहरु समाजको आँखा हो भन्दै जापानवासी नेपाली समाजलाई सहि दिशा निर्देशन गर्ने खालको काम गरि आम संचार सत्थ तथ्य हुनु पर्ने विचार राखेका थिए । कार्यक्रममा थकाली सेवा समिति जापानका अध्यक्ष वुद्धी गौचन,ओनो जापानका अध्यक्ष चन्द्र उपाध्याय गोरखा समाज जापानका वरिष्ठ उपाध्यक्ष कमला काफले लगायत ७ दर्जन भन्दा बढी व्यक्तित्वहरुको उपस्थिति रहको थियो ।

     

    कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानले जापानमा नेपाली समुदायहरूमा हुने बिबिध कार्यक्रमबारे सहज रूपमा सुचना दिन र कार्यक्रमकेा रिपेार्टिङ गर्न एक मेडिया बराबर २ वटा प्रेष पास उपलब्ध गराउन अनुरेाध समेत गरेकेा छ । कार्यक्रमममा नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टको टेलिफेान मार्फत शुभकामना मन्तव्य र स्वागत मन्तव्य पत्रकार महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेले राख्नु भएको थियो । महासंघको जापान शाखामा मोहन घलेको सभापतित्वमा भएको कार्यक्रम सचिव रितु कुमार  दुराले संचालन गरि सम्पन्न भएको थियो ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology