• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

“झम्के मायालु” सार्वजनिक

“झम्के मायालु” सार्वजनिक


समायोजन खबर
  • आइतबार, बैशाख १० २०७४

  • चिसाङ शेर्पा
    बैशाख÷१० काठमाडौ । गायिका जानुका राई र गायक निश्चल राईको पुर्बेली टिपिकल लोक भाका “झम्के मायालु” सार्वजनिक भएको छ । कोटेश्वरस्थित किराँत राई यायोख्खाको भवन सुम्निमा हलमा एक कार्यक्रमको बीच नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

    “झम्के मायालु“नेपालको पूर्वी क्षेत्रमा चल्ने पुर्वेली लोकभाका हो । भाकालाई,बन–जंगल,मेला–पात धाउँदा तथा हाट बजार तिर भेटघाट हुँदा युवा युवतीहरुबिच जुवारी (दोहोरी) गाउने पनि भनिन्छ । “झम्के मायालु” पुर्वको भोजपुर र खोटाङ्गको सिमानामा पर्ने रमणिय स्थान पान्धारेमा छायांकन गरिएको छ । गीतको म्युजिक भिडियो पनि निर्माण गरिएकोे छ । गीतको म्युजिक भिडियोमा केही दशक अगाडीका चलन चल्तीहरुलाई देखाउन खोजिएको छ ।

    हाट, बजार जाने गाउने,नाच्ने,एक–अर्कामा मन परापर भयो भने गाउँदा (गाउदै,नाच्दा(नाच्दै त्यहीँ बाट भागेर बिहे गर्ने,बाँसमा वा बिरुवाको पातमा लेखेर मनको अभिव्यक्ति साटासाट गर्ने जस्ता चलन चल्तिलाई गीतको म्युजिक भिडियोमा देखाईएको छ ।
    म्युजिक भिडियोलाई रोशन राईले निर्देशन गरेका हुन् । निर्माण कपिल राईले गरेका हुन् भने छायांकन युवराज राईले गरेका छन् । शब्द रचना दिवाकर राईले गरेका हुन् भने,संगीत संयोजन डम्बर लिम्बुले गरेका छन् । शेसुका राई, निशा एम्बुङ्ग,पवन चाम्लिङ्ग, प्रविन राई र अन्वेस राईले उतm म्युजिक भिडियोमा अभिनय गरेका छन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology