
समायेाजन खबर७ चैत
सिरियाको राजधानी दमस्कसको पूर्वी सिमाना सेना र विद्रोहीको भीषण भिडन्त भइरहेको छ।
जोबार जिल्लामा आक्रमण गर्न गोप्य सुरुङहरुको प्रयोग गरिएको सिरियाको सरकारी सञ्चारमाध्यमले बताएको छ।
ब्रिटेनमा आधारित सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सले बताएको छः आक्रमणकारीहरुले सेनाको रक्षा घेरा तोड्ने प्रयासमा आत्मघाती कारबम पनि प्रयोग गरेका थिए।
दमस्कसका विद्रोहीको नियन्त्रणमा थोरै मात्रै क्षेत्र छ।
आक्रमण
हाल आक्रमण गरिएको क्षेत्र शहरको केन्द्र नजिकै छ।
त्यहाँ बम र क्षेप्यास्त्रद्वारा आक्रमण भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् र मानिसहरुलाई घरभित्रै रहने चेतावनी दिइएको छ।
विगतमा अल-नुस्रा फ्रण्टको नामले चिनिएको अल-कायदासँग सम्बन्धित समूह त्यो आक्रमणमा संलग्न रहेको पर्यवेक्षकहरु बताउँछन्।
सरकारी सेनाले हवाई हमला लगायतका प्रहार गरेर आक्रमणको प्रतिक्रिया दिएको छ।
@bbcnews