• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासंघ जापानको अधिबेशन अप्रिल १०मा हुने

नेपाल पत्रकार महासंघ जापानको अधिबेशन अप्रिल १०मा हुने


समायोजन खबर
  • मंगलबार, चैत्र १ २०७३

  •  

    समायेाजन खबर /१चैत्र ,टोकियो – नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन आगामी अप्रिल १० तारिखका दिन केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टको उपस्थितिमा टोकियोमा हुने भएको छ ।

    अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति गठन गर्नुका साथै प्रबासबाट कलम चलाईरहेका उत्कृष्ट पत्रकार १ जनालाई हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार कोष स्थापनाको घोषणा गरिने भएको छ ।

    अधिबेशनको बिहानी सत्रमा महासंघको आन्तरिक बन्दसत्र हुनेछ भने अपरान्ह पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम हुनेछ । तत्पश्चातको खुल्ला कार्यक्रममा नयाँ कार्यसमितिको घोषणासभा हुने कुरा अधिवेशन आयोजक समितिका संयोजक तिलक मल्लले बताउनुभयो ।

    आगामी कार्यकालका लागि नयाँ नेतृत्वको टिम निर्माण गर्न सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा महासंघकी केन्द्रीय सदस्य पवन वर्षा शाह र सल्लाहकार कृष्ण भण्डारी रहनुभएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । अधिबेशन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्ट सभाहलमा हुने बताईएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology