• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ


समायोजन खबर
  • सोमबार, फाल्गुन ३० २०७३

  • समायेाजन संवाददाता

    अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । जारी प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर पक्राउ परेका तीन नेपालीको परिचय अदालतले गोप्य राखेको छ ।

    प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

    ‘त्यहाँ पुगेपछि प्रहरीले एउटा घरमा ३९ वर्षीय एक व्यक्तिको विभत्स अवस्थामा रहेको शव फेला पार्‍यो,’ विज्ञप्तिमा भनिएको छ ।

    स्थानीय गुप्तचरहरुले लगातार अनुसन्धान गरेपछि तीन नेपालीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमध्ये ४४ वर्षीय व्यक्तिलाई डाभोरेन पार्कबाट र ४८ वर्षीयलाई एलिजाबेथ नर्थबाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

    उनीहरुलाई आज एलिजाबेथ म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइयो र हिरासतमा राख्ने अनुमति लिइयो । तीन जनामध्ये कसैले पनि धरौटीका लागि निवेदन नदिएको समाचारमा जनाइएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology