• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुका एलडिओ सापकोटा माथि कार्यालय समयमा कार्यकक्षमा नै हातपात४ जना पक्राउ, अन्यको खोजी हुँदै

सोलुखुम्बुका एलडिओ सापकोटा माथि कार्यालय समयमा कार्यकक्षमा नै हातपात४ जना पक्राउ, अन्यको खोजी हुँदै


समायोजन खबर
  • मंगलबार, फाल्गुन २४ २०७३

  • २४ फागुन  – जिल्ला विकास समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा माथि हातपात भएको छ । सोमबार अपरान्ह कार्यकक्षमा नै सापकोटामाथि हातपात भएको हो । सापकोटासँगै जिल्ला विकास समितिका लेखापाल युवराज राईमाथि समेत हातपात भएको छ ।


    स्थानीय विकास अधिकारी माथि हातपातमा नेपाल विद्यार्थी संघका जिल्ला नेताहरुका साथमा जिल्ला विकास समितिसँग निकट रहेर काम गर्ने “ड्रिलिप ए एप” का कर्मचारीहरु सम्लग्न भएको कर्मचारीहरुले बताएकाछन् ।
    आक्रमणका समयमा नेपाल विद्यार्थी संघका नेताहरु नविन थापा, अश्विनबाबु थापा, जीवन बस्नेतका साथमा “ड्रिलिप ए एफ” का जिल्ला संयोजक अमुल बस्नेत, सब इन्जिनियर बेदराज थापा र कर्मचारीहरु अशोक देवकोटा, देवबहादुर भूजेल र रामबहादुर बस्नेत स्थानीय विकास अधिकारीको कार्यकक्षमा रहेको बताइएको छ ।
    स्थानीय विकास अधिकारीलाई हातपात गरेको आरोपमा नविन थापा, अश्विनबाबु थापा, देवबहादुर भूजेल, अशोक देवकोटा र रामबहादुर बस्नेतलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
    हातपातमा सम्लग्न भनिएका अन्य दुई जनाको खोजी भईरहेको र घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
    घटनामा सम्लग्न दोषीहरुलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न कर्मचारी सम्बद्ध संघसंगठनहरुले माग गरेकाछन् । दोषीलाई कारबाही नभए सबै सरकारी कामकाज ठप्प पार्ने चेतावनी कर्मचारीहरुले दिएकाछन् ।

    समाचार श्रेात: सेालुखुम्बु समाचार

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology