दुबईमा रहेका प्रगतिशील कलाकारहरुको एक भेलाले युएईमा प्रगतिशील कलाकार संघ युएई नामक तदर्थ समति गठन गरेको छ ।
प्रवासमा छरिएर रहेका प्रगतिशिल कलाकारहरुलाई एकिकृत गर्दै परिवर्तनका अवाजहरु बुलन्द गर्ने उदेश्यले नबिन तामाङ दोङको संयोजकत्व र प्रतिक्ष लामाको उपसंयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरेको हो ।
जसको सदस्यहरु संकल्प ठकुरी,अनिस तामाङ ,प्रवेग दोङ ,बुद्ध बोम्जन, ईन्द्र सेन्चुरी, मनिष सेन्चुरी,अन्जुली लोप्चन,रचना थिङ, गुण ब. परियार, कृष्ण ब. सुनुवार,कर्जुन वाइबा, टासी शेर्पा,अविरल कृष्ण खरेल, रन्जित श्रेष्ठ समर , तिलक लामा, सुसन अचार्य, उत्तम योन्जन,मान बहादुर घिसिङ, अभि लामा रहेका छन । संगठनको कार्य्विधि बनाउनको लागि सम्भु वाइबाको संयोजकत्वमा इन्द्र सेन्च्युरी र नबिन दोङ तामाङ रहने गरि तिन सदस्यहरुको कार्य्विधि समिति समेत गठन गरेको छ ।
भेलाले संघको अधिबेशन आगामी मार्च १७ तारिकका दिन गर्ने समेत निर्णय गरेको छ। भेलामा बोल्दै प्रेस सेन्टर नेपाल यूएई शाखाका अध्यक्ष अनिस तामाङले नेपालका हरेक परिवर्तनको पछाडि कलाकारहरु ठुलो योगदान रहेको तर कलाकारहरुलाई राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ मात्रै बनाएकोले सबै जुजारु प्रगतिशील कलाकारहरु यतिबेला सबै एक ठाउमा उभिएर परिवर्तनका अवाजहरु बुलन्द गर्नेबेला भएकोले सबैलाई एकजुट हुन आह्वान गरेका थिए ।
नेपाली जन प्रगतिशील मंच यूएईका प्रवक्ता एवं प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेपाली जन प्रगतिशील मंच यूएईका बरिस्ठ उपाध्यक्ष अर्जुन सुवेदी र महासचिव उत्तम विकको समेत उपस्थिति रहेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]