• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अधिकारीलाई अध्यक्ष चयन गर्दै ओएनएफ जापान चुबुको भेला सम्पन्न

अधिकारीलाई अध्यक्ष चयन गर्दै ओएनएफ जापान चुबुको भेला सम्पन्न


समायोजन खबर
  • आइतबार, फाल्गुन २२ २०७३

  • समायेाजन खबर जापान,२२ फागुन । प्रवासी नेपाली मञ्च जापान चुबु समन्वय कमिटीको प्रथम भेलाले अशोक चन्द्र अधिकारीको अध्यक्षतामा १७  सदस्यीय चुबु क्षेत्रीय कमिटी गठन गरेको छ ।

    आज शनिवार नागोयामा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधीकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा ओएनएफ जापानका कार्यबहाक अध्यक्ष बलराम भुषालको बिशेष आतीथ्यतामा निर्वाचन कमिटीका संयोजक सरोज कंडेल र महासचिव सुरेश केसी सम्मिलीत अध्यक्ष मण्डलले प्रवासी नेपाली मन्च जापान चुबु क्षेत्रीय कमिटीले ३ बुँदे घोषणा पत्र जारी गर्दै भेला सम्पन्न भएको हो । सो भेलाले अशोक चन्द्र अधिकारीको अध्यक्षतामा हाललाई १४ सदस्सीय चुबु क्षेत्रीय कमिटी गठन गरेको छ । जसमा दुई उपाध्यक्ष र अन्य थप मनोनीत सदस्य राष्ट्रिय कमिटीको संख्या भन्दा बडी कमिटीको संख्या नहुने गरी बैठकले मनोनित गर्ने भेलाले निर्णय गरेको छ ।

    उक्त कार्यक्रममा अतिथिको रुपमा प्रवासी नेपाली मंच ओएनएफ राष्ट्रिय कमिटीका कार्यबाहक अध्यक्ष बलराम भुषाल , उपाध्यक्षहरु मोहन रायमाझी,कुलचन्द्र खरेल ,सिदार्थ श्रेष्ठ,महासचिव सुरेश केसी,सचिव विकास पौडेल, सद्स्य प्रकाश ढकाल,राजु तिवारी ,राजेन्द्र थापा ,एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरे,चितवन समाजका अध्यक्ष सरोज कडेल ,फोनिज जापानका अध्यक्ष तथा पत्रकार शान्त पहरी  लगायतको सहभागि रहेको थियो ।

    सो कार्यक्रम हलबाट ३ बुदे घोषणा पत्रसमेत जारी गरेको छ । जसमा १ ,नेकपा एमालेले शूरू गरेको मेची महाकाली अभियानमा प्रवासी नेपाली मन्च जापान चुबु क्षेत्रीय कमिटी एक्यबद्दता जाहेर गर्दछ। २ ,आगामी स्थानिय निर्वाचनमा नेकपा९एमाले० पार्टी केन्द्रलाई आर्थिक,भौतीक,नैतीक रूपमा सहयोग गर्न प्रतीबद्द जाहेर गर्दछ। ३, प्रवासी नेपालीहरूको हक हितमा मानव अधिकार सम्बन्धि विश्व घोषणा पत्र साथै उनीहरूको समस्या, समाधानको लागी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

    सो भेलाले अध्यक्ष अशोक चन्द्र अधिकारीसहित ,उपाध्यक्ष,राजकुमार अधिकारी,सचिव नविन कुमार दाहाल,कोषाध्यक्ष अर्जुन थापा,सदस्यहरू राम कुमार थापा,बिनोद सापकोटा,अन्जु शर्मा,ईन्दु लामीछाने,बिष्णु गिरी,कमल रिजाल,सज्जन सिलवाल,अर्जुन लामीछाने,राजेन्द्र भुषाल,कमल खड्का चयन गरेको छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology