टोकियो,२२ फागुन । जापान भ्रमणमा आईपुग्नु भएका प्रमुख तीन दलका नेताहरुको सहभागितामा भोली मार्च ६ तारिक सोमवार टोकियोमा एक वृहत अर्न्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ।नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ति, नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वशिक्षा मन्त्री गंगालाल तुलाधर र नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सन्तु दराईको सहभागितामा खुल्ला अर्न्तक्रिया कार्यक्रम हुन लागेको हो।
सिओकुवो सोलमारी नेपाली लाईभ म्युजिक हाउसमा अपरान्ह साढे दुईबाट हुने कार्यक्रम नेपाली जनसम्पर्क समिति जापान, प्रवासी नेपाली मंच जापान र नेपाली जनप्रगतिशील मंच जापानको संयुक्त आयोजनामा हुन लागेको हो।
‘समसामायिक नेपालको राजनीतिक परिवेश र प्रमुख तीन राजनीतिक दलको भूमिका’ विषय राखिएको अन्तक्रिया कार्यक्रममा सहभागिताका लागि जापानवासी नेपालीहरुमा आयोजकहरुले अपील गरेका छन।कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए केन्द्रीय उपाध्यक्ष भवन भट्टको समेत सहभागिता हुने बताईएको छ।
समाचार स्रेात @ नेपालजापान डट कम
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology