• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा १० महिनामा १२ नेपालीले ज्यान गुमाए

जापानमा १० महिनामा १२ नेपालीले ज्यान गुमाए


समायोजन खबर
  • शनिबार, फाल्गुन २१ २०७३

  •  

    जापान, फागुन २१
    जापानमा १० महिनाको अवधिमा १२ जना नेपालीले ज्यान गुमाएका छन् । फरक–फरक उद्देश्यले जापान आइपुगेका उनीहरूले ज्यान गुमाएका हुन् ।


    सन् २०१६ जनवरी १ देखि अक्टोबर ३० सम्मको अवधिमा पर्यटन, पारिवारिकदेखि रोजगार, अध्ययन र व्यवसाय गर्ने उद्देश्को भिसामा जापान आएका १२ जनाले ज्यान गुमाएको जापानस्थित नेपाली राजदूतावास जनाएको छ ।

    यसरी ज्यान गुमाउनेमा २ महिलासहित १० जना पुरुष रहेका छन् । जापानस्थित मृत्युअघिसम्मका उपचारमा सघाइरहेका डाक्टरले अधिकांशले बढी काम गरेको, शरीरलाई पर्याप्त मात्रामा खाना र पानीको असन्तुलन तथा आरामको सट्टा अल्कोहलयुक्त पेयपदार्थ पिउने गरेका कारण रोगले बढीजसोले ज्यान गुमाएका हुन् ।
    मृत्यु हुनेमा ४ जना अध्ययनका लागि आएका विद्यार्थी, २ जना नेपालीले नै सञ्चालन गर्दै आएको रेस्टुरेन्टमा आएका कुक र १–१ जना प्रशिक्षार्थी र पारिवारिक भिसामा जापानमा आइ बसिरहेका थिए ।
    जापानस्थित नेपाली राजदूतावासको तथ्यांकअनुसार १० महिनाको अवधि अर्थात् २०१६ को जनवरी १ देखि अक्टुवर १ सम्ममा १२ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology