• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानवासी नेपाली विद्यार्थीबीच लिभिंङ टुगेदरको विकृति बढ्दो ( रिपोर्ट )

जापानवासी नेपाली विद्यार्थीबीच लिभिंङ टुगेदरको विकृति बढ्दो ( रिपोर्ट )


समायोजन खबर
  • बुधबार, फाल्गुन १८ २०७३

  • फुर्वा शेर्पा /समायाेजन खबर ,टाेक्याे
    अध्ययनको शिलशिलामा महँगो शुल्क तिरेर बिभिन्न सपनाहरु बाेकेर जापान आउने नेपाली बिधार्थी बीच लिभिंङ टुगेदर गर्ने क्रम बढ्दै गईरहेकाे छ ।
    जापान आएपछि परिवारबाट टाढा रहनु पर्ने बाध्यता, महँगी लगायत बिभिन्न समस्याहरु सामना गर्न एक्लैले असम्भव देखिएपछि याे क्रम बढेकाे बताउदै अाएका छन् ।


    जापानमा परिस्रम गरेर पढ्न र पार्ट टाईम काम गर्न सके मनझ फ़ाईदा हुन्छ जापान सरकारले पनि बिदेशी बिध्यार्थीहरुलाइ अघाेषित रुपमा बढ़ी काम गर्न दिएकै छ तर दुख गरी काम गर्न नसक्नेहरुले फ़ाइदा हाेइन आफुलाइ बस्न खाना र काेठा भाड़ा अनि कलेज फि तिर्न समेत हम्मे हम्मे हुन्छ ।
    परिवारकाे निगारानीबाट टाँडा रहेकाले नेपाली बिध्यार्थीहरु (युवा युवतीहरु)लिभिंङ टुगेदर गरी एक अर्का काे समस्या समाधान गरी पारिवारिक बातावरणमा जिवन यापान गर्दै आइरहेकाछन ।
    उता नेपालमा परिबार वा आफ्नाे जीवन संगीलाइ याे क़ुराे केही थाह नै हुदैन जापानकाे बसाइ महँगी र बिभिन्न बाहना गरी परिबारलाइ झुक्याउने गरेकाे पाइन्छ । दुबै पक्षले आपसी मन्जुरीमा मन मिलेसम्मसंगै बस्ने यौनसम्बंध र अन्य अनैतिक कार्य समेत गर्न पछि नहटने र मन नमिलेपछि अनतत्वगत्व सम्बन्ध बिच्छेद गरी एक अर्कालाइ आराेप प्रत्याराेप गर्ने र सामाजिक संघ संस्था,मिडिया अनि अन्तमा जापानी पुलिस समक्ष समेत दुर्ब्यबहार र याैनशाेषणकाे कारण आफु पीड़ित भएकाे भनी उजुर पेश गर्ने क्रम बढिरहेकाे छ ।आफु असुरक्षित याैन सम्पर्क का कारण गर्भवती भएकाे पार्ट टाइम काम छाेडेकाेले काेठा भाड़ा र कलेज फि तिर्न नसकेकाे नाम नबताउने सर्तमा एक महिला बिध्यार्थीले समायाेजन खबरलाइ बताइन ।
    क्षणिक स्वार्थका लागि केही समय एक अर्कामा मायाकाे सम्बन्ध गास्ने अनि अन्तमा झुन्डिएर मर्ने, ट्रेनमा हाम्फाल्ने घटना जापानबासी नेपाली समुदायका लागि पक्कै नाैलाे हाेइन ।बास्ताबिकता केही नबुझी सुन्दर सपना बुनेर जापान आउने ग़लत कृयाकलापमा संलग्न भइ बढ्दै गएकाे यस्ताे धटनाले नेपाली समाज र जापनी नागरिकमाझ नेपालीहरुकाे छबिमांथि आशंका पैदा गराएकाे छ ।
    यति मात्र होईन अहिलेसम्मकाकाे घटनाहरु हेर्दा लिभिंग टूगेदरको नाममा जति पनि केस हरु घटेक़ा छन ति सबै अधिकांश बिबाहित जोड़ीहरू रहेकाे पाइन्छ । नेपाली समाजमा जीबनभरि संगै जिउछु अनि संगै मर्छु भनि खाएका क़सम अनि फूल जस्तै आफ्नो सन्तान लाई समेत चटक्कै बिर्सेर विदेशी भूमिमा पश्चिमी शैलीको नक्काल गरेर यसरी लिभिंङटूगेदारको नाममा क्षनिक मायामा फ़स्नु, संगै बस्नू र यौन जस्तो संवेदनशील बस्तु जुन नेपाली समजमा समेत बंदेज लगाएको हुन्छ र राम्रो मानिदैन, तैपनि यस्तो किसिमको नराम्रो घटनालाई प्राथमिकता दिनु, नेपालको आफ्नो परिवार अनि सन्तानलाई समेत बिर्सिनु कतिसम्मको जायज हो?

    बिबाहित बिध्यार्थीहरुलाइ जापान सरकारले सेन्माेन वा दाइगाकु प्रबेश गरेपछि डिपेन्डेन्ट भिषा एप्लाइ गरी परिवार संगै बस्न र काम गर्ने अवसर पनि दिइरहेकाे छ ।आफ्नाे लक्ष्यमा पुग्न धैर्यता र लगनशील भएर अध्ययन र काम गर्न सक्नु पर्दछ ।शुरूमा म को हुँ? आफु के कारणले अनि किन जापान आएकाे हुँ? कुन बाटाे हिड्दै छु ? मैले के गर्नु पर्छ? बेलैमा साेच्नु बुद्दिमान हुन्छ | यतातिर नि नेपाली विद्यार्थीहरूले ध्यान दिने पो हो कि?
    जापान एक स्वतन्त्र एवं प्रजातांत्रिक बिकासित रास्ट्र भएकाले यो देशबाट सिक्नु धेरै कुराहरू छन | जापानको नियम क़ानून र कार्यशैली लाई राम्रोसँग कार्यान्यवन गर्न सके नेपाली हरू नि जापानी नागरिकसामु राम्रो परिचय बनाउन सकिने कुरामा कुनै दुईमत छैन

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology