• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था कमजोर

आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था कमजोर


समायोजन खबर
  • शनिबार, फाल्गुन १४ २०७३

  • समायेाजन खबर,काठमाडौं, फागुन १४ – नेपाल प्रेस युनियन तथा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आमरण अनशनमा बसेका दुई जना पत्रकारको जीवन रक्षाको माग गरेको छ ।

    नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष लबदेव ढुङ्गाना र इलाम शाखा सदस्य प्रेम अधिकारी फागुन ११ गते महासङ्घको केन्द्रीय कार्यालयमा अनशनमा बस्नुभएको छ । दुवै पत्रकारको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले तत्काल माग पूरा गरेर अनसन टुंग्याउन दुवै संस्थाले माग गरेका हुन् ।

    पत्रकार महासंघमा जथाभावी सदस्यता वितरण गरिएको, जिल्ला शाखाले सिफारिस नगरेका व्यक्तिलाई पनि सदस्यता दिइएको, केन्द्रीय प्रतिनिधिले नै जिल्ला अधिवेशनमा पक्षपात गरेको आरोप लगाउँदै दुवै जना आमरण अनशनमा बस्नुभएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology