चसिला तामाङ/फाल्गुन ८टोकियो । 
तामाङ जातिको धार्मिक एबं सास्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गर्न लागिरहेको “सोनाम ल्होछार २८५३ बृहत् सांस्कृतिक कार्यक्रम २०१७ को लागि नेपालबाट आउनु भएको दुई जना कलाकारहरु चन्द्र कुमार दोङ र निर्मला घिसिङ टोक्यो अ।इपुगेको छ ।
उहाँहरुलाई हिजेानेपाल तामाङ समाज जापान को केन्द्रिय अध्यक्ष कर्म वाङगेल लामा, सचिब हिमाल लामा,सांस्कृतिक संयोजक पासाङ् लामा, सदस्यहरू हरिचन्द्र लामा,बलराम लामा र चसिला तामाङको टोलिले स्वागत गरिएको छ भने अर्का हास्यकलाकार बुद्धि तामाङ अ।ज बिहान ८ बजे आइपुगेकेा छ ।
फेब्रुअरि १९ मा टोकियोको इताबासी कुमिन सेण्टर हलमा बेलुकी ५ बजेबाट १० बजे सम्म हुन गइरहेको सोनाम ल्होछार २८५३ बृहत् सांस्कृतिक कार्यक्रम २०१७ को सम्पूर्ण तयारी पुरा भैसकेकोले सो दिन उक्त कार्यक्रममा उपस्थित भइ आफ्नो सस्कर र संस्कृति जोगाउन सहायोग गरि कार्यक्रमलाई सफल बनाउन समेत् जापानमा रहनुहुने सम्पुर्ण तामाङ लगाएत अन्य समुदायको नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई आयोजक संस्थाले निमन्त्रणा समेत गरिएको छ । 
उक्त कार्यक्रम अहिलेसम्मकै फरक अनि सभ्य र भभ्य हुने आयोजकले दाबी गर्दै कार्यक्रमको दिन आफ्नो संस्कृति र नेपाललाई चिनारी दिनको लागि सम्भब भए सम्म आफ्नो जातिय पोशाकमा उपस्थित भैदिनुहुन आयोजकले सम्पूर्ण जापानबासी तामाङहरुलाई आग्रह समेत् गरिएको छ ।