२८ माघ ,सेालुखुम्बु
नेपाल शेर्पा विद्यार्थी मञ्च जिल्ला कार्यसमिति, सोलुखुम्बुले शेर्पाहरुको महान चाड मे मो च्या लो (चरा वर्ष) २१४४ को अवसरमा फाल्गुन २१ र २२ गते विभिन्न कार्यक्रमहरुको गर्ने भएका छन् । सोलुखुम्बु सल्लेरीमा दुई दिन सम्म सञ्चालन गरीने गरी तयारी गरीएको उक्त कार्यक्रमहरुमा यस संस्था द्वारा सोलुखुम्बु सदरमुकाम सल्लेरीमा तपशिलका कार्यक्रमहरु गर्ने योजना बनाएको छ । कार्यक्रमहरु ल्होसार छो (प्रसाद) कार्यक्रम, शेर्पा खाना परिकार प्रदशनी, शेर्पा स्याब्रु नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय शेर्पा कलाकारहरुको सांगितिक प्रस्तुति, शेर्पा समुदायका निजामति कर्मचारीहरुलाई सम्मान कार्यक्रम, ग्याल्बो लोसार विशेष खुल्ला महिला पुरुष मिनि म्याराथुन प्रतियोगिता, शेर्पाहरुको लोप हुन लागेको सिली, नादिङ आदिको प्रस्तुति गरीने आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा रोज मोक्तान, मिङमा शेर्पा, लाक्पा शेर्पा ‘अमोद’, सोनाम शेर्पा, कुङगा ङिमा शेर्पा, आङ तेन्जीङ शेर्पाका साथै अन्य नृत्य कलाकारहरुको बेजोड प्रस्तुति रहने सस्थांका अध्यक्ष सागर शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा उद्घोषक जेनी शेर्पाले गर्नुहुने छ । नेपाल शेर्पा विद्यार्थी मञ्च जिल्ला कार्यसमिति, सोलुखुम्बुले अहिले सम्म शेर्पा जातिको संस्कार संस्कृतिको संरक्षण साथै युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने, स्याब्रु नृत्यको जर्गेना गर्ने, बालबालिकाहरुको अन्र्तनिहित क्षमताको अभिबृद्धि गरी युवाहरुको व्यक्तित्व विकाश तथा शेर्पा समुदाय तथा बौद्धधर्मको संरक्षण र सम्र्बधनमा सहयोग गर्ने, शेर्पा जातिको लोपोन्मुख अबस्थामा रहेको संस्कृतिको जर्गेना गर्ने आदि जस्ता विभिन्न सामाजिक कार्यहरु आइरहेको छ ।
