• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोनाम ल्होछार २८५३ विशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा

सोनाम ल्होछार २८५३ विशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा


समायोजन खबर
  • बुधबार, माघ २६ २०७३

  • चसिला तामाङ/२५ माघ/जापान,

    तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा। बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज जापानले फेब्ब्रुरी १९ मा गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा पुगेको र यसको लागि आवश्याक सम्पूर्ण ब्यबस्था गरीसकेको समाजको अध्यक्ष कर्म वाङगेल लामाले बताउनु बताउनु भएको छ ।

    २८५२ टे(प्रे)ल्होलाई बिदाइ गर्दै २५५३औ ज्या ल्हो(चरा र बर्ग्)लाई स्वागत गर्दै रमझमका साथ मनाईने ल्होछार(नयाँ बर्ष)मा सुख, शान्ति, समृद्दी, सु-स्वास्थ्य एब दीर्घायुको कामना गरी बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रमको लागि नेपालबाट चर्चीत गायक तथा संगीतकार चन्द्र कुमार दोङ,गायिका निर्मला घिसिङ र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने सो कार्यक्रम सभ्य एवम भब्य बनाउनका लागि उप समिति समेत गठन गरिएको सचिब लामाले बताउनु भयो ।

    जसअनुसार प्रचार प्रसार संयोजक- कुमार मोक्तान, स्वयं सेबक संयोजक- तारा तामाङ, मंच ब्यबस्थापन संयोजक- संजीब स्याङतान, टिकट ब्यबस्थापन संयोजक- धर्म लामा, अतिथि सत्कार संयोजक- अस्मिता वाईबा, अतिथि ब्यबस्थापन(कार्यक्रम) संयोजक- मेख ब. लामा, साउन्ड सिस्टम संयोजक- रेशम तामाङ र नबिन लामा अनि सांस्कृतिक संयोजक- पासाङ लामा रहेको छ ।

    टोक्योको इता इताबासी कुमीङ सेन्टर हलमा हुने उक्त सांस्कृतिक कार्यक्रममा भब्यताका साथ मनाउने हुँदा सम्पुर्ण जापानको राजधानी टोक्यो लागायत आसपास बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाईदिनु र थप रौनक बढाई दिनुहुन आयोजक संस्थाले आग्रह पनि गरेको छ ।

    साथै उक्त बिशेष कार्यक्रम नेपालको धुलिखेल स्थित रेडियो नमोबुद्ध एफ. एम. १०६.७ मेगाहर्ज र www.radionamobuddha.org मार्फत प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology