• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साइबर सुरक्षाविज्ञमाथि देशद्रोहको अभियोग

साइबर सुरक्षाविज्ञमाथि देशद्रोहको अभियोग


समायोजन खबर
  • बिहिबार, माघ २० २०७३

  • 2 फेब्रुअरी 2017

    रुसबाट प्राप्त विवरण अनुसार तीनजना साइबर सुरक्षाविज्ञहरुलाई देशको गोप्य सूचना संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरेको भन्दै देशद्रोहको अभियोग लगाइएको छ।

     आरोपितमध्ये दुईजना रुसेको गुप्तचर निकाय एफएसबीका पूर्व कर्मचारी छन् भने अर्का एकजना एउटा एन्टिभाइरस सफ्टवेएर कम्पनीका कर्मचारी छन्।

    देशद्रोहका अन्य मुद्दाहरुमा जस्तै यो घटनामा पनि अभियुक्तहरुलाई लगाइएको आरोपका विवरणहरु सार्वजनिक गरिएको छैन।

     तर एकजना संदिग्धको प्रतिनिधित्व गर्ने वकिलले दुईजना पूर्व रुसी गुप्तचर एजेन्टसहित तीन जनालाई देशद्रोहको अभियोग लगाइएको पुष्टि गरेका छन्।

    आरोपित

    उनका अनुसार अभियोगमा ती व्यक्तिहरुले संयुक्त राज्य अमेरिकाको हितमा काम गरेको भन्ने उल्लेख छ।

    आरोपित तीन जनामध्येका एक सेर्गेई मिखाइलोभ रुसी गुप्तचर निकाय एफएसबीको साइबर सुरक्षा विभागका उप-प्रमुख थिए।

    रुसी सञ्चार माध्यमहरुका अनुसार उनलाई नाटकीय ढंगले गिरफ्तार गरिएको थियो।

    उनलाई उनी सहभागी एउटा बैठकबाट उठाई टाउको झोलाले छोपेर बाहिर निकाली हिरासतमा लिइएको थियो।

    प्रकरण

    ती गिरफ्तारीहरुको कारणबारे कुनै जानकारी सार्वजनिक भएको छैन तर त्यसको सम्बन्ध अमेरिकी राष्ट्रपति निर्वाचनका बेला रुसी ह्याकिंग प्रकरणबारे अमेरिकी गुप्तचर निकाय सीआइएले सार्वजनिक गरेको जानकारीसँग हुन सक्ने अनुमान गरिएका छन्।

    बीबीसीकी मस्को संवाददाता सेरा रेन्सफोर्ड भन्छिन्, क्रेम्लिनका एकजना प्रवक्ताले ती गिरफ्तारीहरु र अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसीहरुले ह्याक गरेका भन्ने आरोपहरुबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।

    ती प्रवक्ता दिमित्री पेस्कोभले त्यसलाई उदेकलाग्दो हल्ला भनेका छन्।

    मस्कोले कुनै पनि प्रकारको आक्रमणमा आफ्नो संलग्नता नरहेको भन्दै आएको छ।

    @BBC

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology