• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल तामाङ समाज जापानले यस बर्ष पनि सोनाम ल्होछार भब्यताका साथ मनाउने

नेपाल तामाङ समाज जापानले यस बर्ष पनि सोनाम ल्होछार भब्यताका साथ मनाउने


समायोजन खबर
  • बुधबार, माघ १९ २०७३

  • २० माघ समायेाजन खबर,जापान।

    तामाङ लगायत हिमाली मूलका बौद्द धर्मावलम्बी आदिबासीहरुक़ो महान पर्ब सोनाम ल्होछार (नयाँ बर्ष) २८५३ ज्या ल्हो(चरा बर्ष) बिगतका बर्षहरुमा झै यस बर्ष पनि भब्यताका साथ मनाउने भएको छ ।

    तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा। बर्ष) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज जापानले फेब्ब्रुरी १९ मा बिशेष सांस्कृतिक कार्यक्रमको अयोजना गरी बृहत् रूपमा ल्होछार मनाउन लागिरहेको समाजको अध्यक्ष कर्म वाङगेल लामाले बताउनु बताउनु भएको छ । २८५२ टे(प्रे)ल्होलाई बिदाइ गर्दै २५५३औ ज्या ल्हो(चरा र बर्ष)लाई स्वागत गर्दै रमझमका साथ मनाईने ल्होछार(नयाँ बर्ष)मा सुख, शान्ति, समृद्दी, सु-स्वास्थ्य एब दीर्घायुको कामना गरी बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउने अनि यो बर्ष थप बिशेष हुने समाजका सचिब हिमाल लामाले बताएका छन।

    सो कार्यक्रममा नेपालबाट चर्चीत गायक तथा संगीतकार चन्द्र कुमार दोङ,गायिका निर्मला घिसिङ र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने सो कार्यक्रम सभ्य एवम भब्य बनाउनका लागि उप समिति समेत गठन गरिएको सचिब लामाले बताउनु भयो । टोक्योको इता इताबासी कुमीङ सेन्टर हलमा हुने उक्त सांस्कृतिक कार्यक्रममा भब्यताका साथ मनाउने हुँदा सम्पुर्ण जापानको राजधानी टोक्यो लागायत आसपास बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाईदिनु र थप रौनक बढाई दिनुहुन आयोजक संस्थाले आग्रह पनि गरेको छ ।

    प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष बाँदर वर्गलाई विदाइ गरी चरा वा ज्या वर्गलाई स्वागत गरिँदैछ । तामाङ समुदायलाई हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सरकाले २०५१ सालदेखि सार्वजानिक विदा दिदै आएको छ ।

    यो वर्ष सोनाम ल्होछार माघ १५ गते परेको थियो । नेपलमा बिबिध कार्यक्रम गरी मनाईसकेको छन भने बिदेशमा अझै पनि बिबिध कार्यक्रम गरी मनाउदै आईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology