समायेाजन खबर १७ माघ टेाक्येा
जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरु माझ सुर्य कर्पोरेसनद्वारा ”साकुरा नाईट २ जापान ” नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।
कार्यक्रम निकै चर्चामा रहेका संचारकर्मी एबम कार्यक्रम प्रस्तोता नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालित हुने पक्का भएको छ । उनि सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर पनि भएकाले हरेक बर्ष हुने कार्यक्रमा उनको उपस्थिति निश्चित प्राय हुने बुझिन्छ । कार्यक्रममा को को कलाकार आउंदैछन भन्ने कुरा चाहिं जापानबासी नेपालीमा अहिले चासोको बिषय बनेको छ । उध्घोषक, गायक, गायिका, कमेडि, डान्स सबैको सम्रिसित प्याकेज बन्ने बुझिएको कार्यक्रमको कलाकारहरु सहित थप जानकारी भने टोक्योमा एक पत्रकार सम्मेलन गरि अवगत गराईने बताईएको छ ।
कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिक टोक्यो बाट सुरु हुनेछ । मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा हुने कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिए । परोपकारी उद्देश्यको यस कार्यक्रममा एमआरआर जापानको बिशेष सहयोग रहने बुझिएको छ ।
‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गर्दै आईरहेको छ । नेपालमा यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । कार्यक्रमको दौरानमा ग्रिष्माका डाईरेक्टर एवम नेपालका नामी बिजनेस आईकोन ग्रिहेन्द्र घिमिरे पनि जापान आउनेछन । अघिल्लो बर्षको साकुरा नाईटमा नेपालका अति चर्चित सदावाहार गायक रामक्रृण्ण ढकाल, आधुनिक गायनका नयां आयाम तथा युवामनको ढुकढुकी हिमाल सागर, चर्चित गायिका मिलन अमात्य, कमेडि किंग जितु नेपाल मुन्द्रे, नेपालका बहुचर्चित डिजे राजु र कार्यक्रम प्रस्तोता नरेश भट्टराईले जापानबाशि नेपालिलाई निकै मनोरंजन प्रदान गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology