समायेाजन खबर,काठमाडौँ : चार वर्षअघि फिल्मी क्षेत्रमा संघर्ष गर्दै गरेकी नायिका जेसिका (ज्योति) खड्काको झुण्डिएको अवस्थामा झोँछेस्थित डेरामा शव फेला पर्यो। प्रहरीले उनी निकटकालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाए पनि निष्कर्षमा आत्महत्या खुलेपछि अनुसन्धान टुंगिएको थियो।
टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गरेर चर्चामा आएकी उनी फिल्मी क्षेत्रमा स्थापित हुने प्रयासमा थिइन्। हास्य टेलिफिल्ममा अभिनय गर्ने क्रममै उनको आपत्तिजनक भिडियो र फोटो सार्वजनिक भयो। उनले कानुनी लडाइँ लडिन्।
यसमा जोडिएको नाम थियो, सँगै काम गर्ने कलाकार प्रकाश ओझा। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मोरङको कारागारमा ओझा डेढ वर्ष रहे।
तर पुनरावेदन अदालत विराटनगरले ११ वर्ष अगाडि ४ हजार ५ सय ५० रुपैयाँ धरौटी र ५ हजार रुपैयाँ जरिवाना लिएर ओझालाई तारिखमा छोड्ने आदेश दियो। त्यसपछि ओझा छुटे।

पुनरावदेन अदालतले पछि उनलाई निर्दोष ठहर गर्यो।
आपत्तिजनक सामग्री सार्वजनिक भएको ६ वर्षपछि जेसिकाले आत्महत्या गरिन्। तर सरकार वादी मुद्दा टुङ्गिएन। पुनरावदेनको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा मुद्दा पुग्यो।
गएको माघ ४ गते सर्वोच्च अदालतले अन्तिम फैसला दियो। पुनरावेदनको फैसला उल्टियो।
मानव वेचबिखन तथा ओसार पसार मुद्दामा सर्वोच्च अदालतले १० वर्ष कैद सजाय सुनाएको १० दिनपछि गायक ओझालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाएको छ।
उनीविरुद्ध २ वटा मुद्धा चलिरहेको थियो। दुवै मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै ५/५ वर्ष गरी १० वर्ष कैद सजायको फैसला गरे पनि पक्राउ परेका थिएनन्। सजाय बेरुजु रही फरार रहेको देखिएपछि उनलाई शंखमुलमा पक्राउ गरिएको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए। ब्युरोले उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो।
ब्युरोले सार्वजनिक गरेको अनुसार ओझामाथि २०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाई अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राखी पीडितले थाहा नपाउने गरी अश्लील तस्बि र भिडियो खिचेका थिए।
उनले तस्बिर र भिडियो देखाएर सार्वजनिक गरिदिने धम्की दिँदै पटक-पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र खिचेका फोटोहरु वेबसाइटमा बिक्री गरी पैसा कमाउने उद्देश्य राखेको अभियोग लागेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology