Samayojan khabar

Advertisment

SKIP THIS

धादिङ समाज जापानको दुई लाख भन्दा बढ़ी सहयोग

धादिङ समाज जापानको दुई लाख भन्दा बढ़ी सहयोग




 

टोकियो । धादिङ समाज जापानले घाइते कृष्ण शाही ठकुरीको उपचारको लागी २ लाख २५ हज़ार सहयोग गरेको छ ।गत डिसेम्बर २८ देखि जनवरी ५ सम्म चलाईएको कृष्ण शाही ठकुरी बचाउ अभियानमा संकलित रकम ¥२२५००० ईजिलिन्क रेमिट्यान्स मार्फत पिडित समक्ष हस्तान्तरण गरिएको समाजका महासचिव दिनेश लोहनीले जानकारी दिनु भयो ।
जापानस्थित ईजिलिन्क रेमिट्यान्स मुख्य कार्यालयमा धादिङ समाज जापानका अध्यक्ष कृष्ण खनाल ,महासचिब दिनेश लोहनी र सचिव बिमल श्रेष्ठको संयुक्त उपस्थितिमा उक्त रकम पठाईएको थियो।पिडितले सोह्रखुट्टे स्थित ईजिलिन्कको कार्यालयबाट नेपाली रुपैयां २१०७५७ प्राप्त गर्नुभएको छ।

यस पुण्य कार्यमा सहयोग पुर्याउने सम्पुर्ण जापानबासीलाई धादिङ समाज जापानको तर्फबाट हार्दिक धन्यबाद र आभार प्रकट गरेको छ । –

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology