१५ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तिय संस्था, साँगा, काभ्रेमा भएको साढे २ करोड रुपैयाँ घोटालामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष पाल्पाको तानसेन–४ घर भइ हाल टोखा–९, गोंगबु बस्दै आउका ५७ वर्षीय हिरा विश्वकर्मा, सदस्य काठमाडौं–२२, खिचापोखरीका ६५ वर्षीय चण्डेश्वरी प्रधान, ललितपुरको गोदावारी–१२ का ५१ वर्षीय बटुकृष्ण कार्की र तत्कालिन सीईओ ललितपुर–१४, खुमलटारका ६५ वर्षीय स्वयम्भु राम जोशी छन् ।
प्रहरीका अनुसार तत्कालिन सीईओ जोशीको संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा ‘गुडविल’ को रुपमा भन्दै २ करोड ५० लाख रुपैयाँ रकम प्रवाह गरिएको थियो ।
त्यस्तै, उनले राष्ट्र बैंकको नीति तथा निर्देशन विपरित तलब भत्ता लगायको विभिन्न शीर्षकमा आफू खुशी ७ लाख ४४ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ ।
निर्धारित हदभन्दा बढी संस्थाको शेयर धारण गरेको व्यक्ति जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलेमतोमा सञ्चालक समितिले कार्यकारी पदमा नियुक्त गरेर अनिमितताको श्रृंखला सुरु गरेको भेटिएको छ, ब्यूरोका प्रवक्ता एसपी कृष्णहरि शर्माले भने, ‘संस्थाले आर्थिक कारोबार गर्दा अपरादर्शी ढंगले कारोबार गर्ने गरेको पनि भेटिएको छ ।’
पक्राउ परेकाहरुमाथि उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।@onlinekhabar
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology