• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उदयपुरका सुन पसलले उपभोक्ता ठग्दै

उदयपुरका सुन पसलले उपभोक्ता ठग्दै


समायोजन खबर
  • आइतबार, बैशाख २३ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर बैशाख/२३ खोटाङ,
    उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर जफत गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

     

    गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले जफत गरिएको जिल्ला प्रशासन उदयपुरका अनुगमन अधिकृत खेमराज थापाले बताउनुभयो । यस्तै अनुगमनका क्रममा त्रियुगा नगरपालिकाको देउरी बजारमा पनि मापदण्डविरुद्ध सञ्चालन गर्ने केही पसल र एक पेट्रोल पम्प अवैध सञ्चालन भएको पाइएको कारण सिल गरिएको छ ।रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology