समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आठ लाख बजेटमा पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा सोही विद्यालयमा आईतबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएको छ। प्रतियोगितामा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, १०० मिटर, ४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कराते र तेक्वान्दोसहित ४७ स्वर्णका लागि खेल हुनेछ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित ५५ हजार, दोश्रो हुने विद्यालयले ५० हजार, तेश्रो हुने विद्यालयले ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा ८० प्रतिशत सहभागी हुने फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका सहभागी विद्यालयलाई ४० हजार, बासपानी, सप्तेश्वरका सहभागी विद्यालयलाई ३५ हजार तथा बाक्सिलाका सहभागी विद्यालयलाई ३० हजार यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई सहभागी वापतको रकम प्रदान नगरिने जनाईएको छ।
बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत सौ धन राई, लगायतको उपस्थिति थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology