Samayojan khabar

Advertisment

SKIP THIS

वडाध्यक्ष राईले बेचे ३६ लाखको अलैंची

वडाध्यक्ष राईले बेचे ३६ लाखको अलैंची


समायोजन खबर
  • मंगलबार, कार्तिक १२ २०८२

  • सावाकटहरेका वडाध्यक्ष जेफर राई र उनले उत्पादन गरेको अलैंची।

    समायोजन खबर खोटाङ, खोटाङको सावाकटहरेका वडाध्यक्ष जेफर राईले यो सिजनमा ४० मन अलैंची विक्री गरेका छन्। खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका वडाध्यक्ष राईले ३६ लाख ८० हजारको अलैची विक्री गरेका हुन्।

    गतवर्ष भन्दा यसवर्ष बढी उत्पादन भएको अलैंची प्रतिमन ९२ हजारले बिक्री भईरहेको वडाध्यक्ष राईले बताएका छन्। अलैची खरीदका लागि तराईबाट व्यवसायीहरु घर घरैमा आउने र मुल्य लगाउने गरेका छन्, कृषकहरुले सबैभन्दा उच्च मुल्य लगाउने व्यवसायीलाई अलैची बिक्री गर्ने गरेका छन् ।

    वडाध्यक्ष राईले ३० वर्ष अघिदेखी बुवाले गर्दै आएको अलैची खेतीलाई जोनिया बहुउद्देश्य कृषि फर्ममार्फत निरन्तरता दिएका हुन्। राईले १२५ रोपनीमा अलैंची खेती गरेका छन् । वडाध्यक्ष राईका अनुसार यसपटक सावाकटहरेबाट ८ करोड बराबरको अलैंची विक्री हुने अनुमान गरिएको छ।

    अहिले जिल्लाभरी अलैंची टिप्ने, सुकाउने र विक्री वितरण गर्ने काम भईरहेको छ। वडाध्यक्ष राईले निर्वाचित भएको साँढे दुईवर्ष पछिदेखी सरकारबाट आफूले पाउने सम्पूर्ण सेवा सुविधा सामाजिक काममा खर्च गर्दै आईरहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology