समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुर्नगठन गरिएको छ। आयुश राईको अध्यक्षतामा ११ सदस्यीय सर्कल गठन गरिएको हो।
मंगलबार गठन गरिएको सर्कलको उपाध्यक्षमा सपना नेपाली, सचिवमा विजय खड्का, सह-सचिवमा भिषण कार्की र कोषाध्यक्षमा लक्ष्मी भट्टराई चयन भएकी छन्।
सर्कलका सदस्यहरुमा सपना फुयल, अनुशिल राई, विपना पोखरेल, तुलशा निरौला, चन्द्रकला मगर र युवराज खड्का छन्।
शिक्षक नायकमा नइन्द्र कुमार खत्री र सह नायकमा सुवाशचन्द्र राई रहनुभएको छ। रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष एवंम् दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक लिला बहादुर खत्रीको उपस्थितिमा सर्कल पुर्नगठन गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology