• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन शिविर

केपिलासगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन शिविर


समायोजन खबर
  • शुक्रबार, बैशाख १९ २०८२

  • सेवाग्राहीको राष्ट्रिय परिचयपत्र बनाउँदै जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा शिविर राखेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ।

    बैशाख १८ गते बाक्सिला, सप्तेश्वर र बासपानीका नागरिकलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा शिविर सञ्चालन गरिएको छ।

    बैशाख १९ गते फेदी र खार्ताम्छाका नागरिकका लागि वडा कार्यालय फेदीमा र बैशाख २० गते दिप्सुङ र सुङदेलका जनताका लागि वडा कार्यालय सुङदेलमा शिविर राखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

    सामाजिक सुरक्षा भत्ता लिनुहुने लाभग्राहीलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको हो। शिविर सञ्चालन गर्न डीभाईस जडित उपकरण लिएर जिल्ला प्रशासन कार्यालयका टोली केपिलासगढी पुगेका छन्।

    शिविरमा गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology