• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिलाबजारमा दर्ता नगरी चलाईएको अर्को फार्मेसी सिल

बाक्सिलाबजारमा दर्ता नगरी चलाईएको अर्को फार्मेसी सिल


समायोजन खबर
  • आइतबार, पौस १५ २०८०

  • बाक्सिलाबजारमा पदमराज भण्डारीले दर्ता नगरी सञ्चालन गरेको फार्मेसी सिल गर्दै अधिकारी।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा दर्ता नगरी चलाईएको अर्को एक फार्मेसी सिल गरिएको छ। पदमराज भण्डारीले सञ्चालन गरेको फार्मेसीलाई आईतबार सिल गरिएको हो।

    विभिन्न समयमा विभिन्न निकायवाट अनुगमन गरेर दर्ता गरी सञ्चालन गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको र पुनः आईतबार सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहको संयोजकत्वमा बजार अनुगमन गर्दा पनि फार्मेसी दर्ता नगरेको पाईएकाले सिल गरिएको घरेलु तथा साना उधोग खोटाङका प्रमुख भेषराज खत्रीले जानकारी दिए।

    खत्रीका अनुसार फार्मेसी सञ्चालनका निम्ति सरकारले तोकेको प्रक्रियाहरु पूरा नभएसम्मलाई फार्मेसी सिल गरिएको हो। यसअघि शनिबार बजार अनुगमन गर्दा बाक्सिलाबजारमै विश्वविना राईले सञ्चालन गरेको मेडिकल दर्ता नगरेको पाईएपछि सिल गरिएको थियो।

    दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा अधिकांश क्लिनिक तथा फार्मेसीहरु मापदण्ड विपरीत चलाईएको पाईन्छ। सदरमुकाम दिक्तेलबजारकै अधिकांश क्लिनिक तथा फार्मेसीहरुमा फर्मासिष्ट वा फार्मेसी सहायक छैन। उनीहरुको कागजात मात्रै भेटिन्छ।
    औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ।
    यो पनि पढ्नुहोस, बाक्सिलाबजारमा दर्ता नगरी चलाईएको मेडिकल सिल

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology