समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा दर्ता नगरी चलाईएको मेडिकल सिल गरिएको छ। विश्व विना राईले सञ्चालन गरेको मेडिकललाई शनिबार सिल गरिएको हो।
विभिन्न समयमा विभिन्न निकायवाट अनुगमन गरेर दर्ता गरी सञ्चालन गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको र पुनः शनिबार सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहको संयोजकत्वमा बजार अनुगमन गर्दा पनि मेडिकल दर्ता नगरेको पाईएकाले सिल गरिएको घरेलु तथा साना उधोग खोटाङका प्रमुख भेषराज खत्रीले जानकारी दिए।
खत्रीका अनुसार फार्मेसी सञ्चालनका निम्ति सरकारले तोकेको प्रक्रियाहरु पूरा नभएसम्मलाई मेडिकल सिल गरिएको हो।
दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा अधिकांश क्लिनिक तथा फार्मेसीहरु मापदण्ड विपरीत चलाईएको पाईन्छ। सदरमुकाम दिक्तेलबजारकै अधिकांश क्लिनिक तथा फार्मेसीहरुमा फर्मासिष्ट वा फार्मेसी सहायक छैन। उनीहरुको कागजात मात्रै भेटिन्छ।
औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
यो पनि,कोरोना नियन्त्रणमा डेढ करोड बढी खर्च,क्वारेन्टाइन र विरामी ओसारपसारमा खर्च धेरै
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology