चिसाङ शेर्पा खोटाङ, कोशी प्रदेशका स्वास्थ्य मन्त्री तिलककुमार मेन्याङवो जिल्ला अस्पताल खोटाङमा स्थायी डाक्टर सकेसम्म चाँडै व्यवस्थापन गर्ने आश्वसन दिएर पन्छिएका छन्।
प्रेस चौतारी खोटाङले बिहीबार इन्द्रेणी होटलमा गरेको पत्रकार सम्मेलनमा पत्रकारले जिल्ला अस्पतालमा कति घण्टा र कति दिनमा स्थायी डाक्टर पठाउनु हुन्छ भनेर गरेको प्रश्नमा कति घण्टा लाग्छ, ठ्याक्कै त्यो भन्न नसकिने तर, समस्या समाधान हुने मन्त्री मेन्याङवोले आश्वसन दिए।
अस्पतालमा स्थायी डाक्टर नभएको थाहा थियो। तर, यहाँ आएपछि आर्थिक कारोबारसहित अख्तियारी कसैलाई नदिएको कुरा पनि थाहा भयो। मन्त्री मेन्याङवोले भने,डाक्टर,कर्मचारीले दुई महिना तलब खान नपाएको पनि थाहा भयो। भर्खरै स्वास्थ्यमन्त्री भएकाले सबै जानकारी छैन । तर, पनि समस्या चाँडै हल हुन्छ।
सिडियोलाई त्यहाँ जानुस भन्दा जान्छ, उसले जादिन भन्दैन, डिएसपीलाई त्यहाँ जानुस भन्दा गईहाल्छ। तर, डाक्टरहरुलाई चलाउन धेरै गाह्रो छ। जान्न भन्छ, आउँदैन, क्लिनिकमा काम गरिरहन्छ, प्राइभेटमा काम गरेर धेरै पैसा कमाउँछ, सरकारले दिएको तलब केही जस्तो लाग्दैन। स्थायी डाक्टर पनि सकेसम्म चाँडै व्यवस्थापन गर्छौ।
कोशी प्रदेशमा केही ऐन, कानुनमा त्रुटि रहंदा लोकसेवा स्थगित भएकाले पनि स्वास्थ्य क्षेत्रमा जनशक्ति परिपूर्ति हुन नसकेको मन्त्री मेन्याङवोले बताए। चाँडै ऐन, कानुन संशोधन गर्छौ। जतिसक्दो छिटो अस्पतालको समस्या हल गर्छौ। हिजो साँझ दिक्तेल आएका मन्त्री मेन्याङवोले आज बिहानै जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेदसँग संयुक्त बैठक बसेर छलफल गरेको थियो। यो पनि पढ्नुहोस,स्वास्थ्यमन्त्री मेन्याङवोलाई अस्पतालको गेटमै पहिचानवादीले कालो झण्डा देखाए
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology