• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्यमन्त्री मेन्याङवोलाई अस्पतालको गेटमै पहिचानवादीले कालो झण्डा देखाए

स्वास्थ्यमन्त्री मेन्याङवोलाई अस्पतालको गेटमै पहिचानवादीले कालो झण्डा देखाए


समायोजन खबर
  • बिहिबार, असोज ४ २०८०

  • कोशी प्रदेशका खानेपानी,सिंचाई,उर्जा तथा स्वास्थ्य मन्त्री तिलककुमार मेन्याङवोलाई कालो झण्डा देखाउँदै पहिचानवादीहरु।

    समायोजन खबर खोटाङ, पहिचानवादीहरुले जिल्ला अस्पताल खोटाङको गेटमा कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलककुमार मेन्याङवोलाई कालो झण्डा देखाएका छन्।

    बिहीबार बिहान अस्पतालको निरीक्षण तथा अनुगमन गरेर फर्किदै गरेका मन्त्री मेन्याङवोलाई प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ र युवा परिचालन समिति खोटाङमा आवद्ध पहिचानवादी युवाहरुले गेटैमा कालो झण्डा देखाएका हुन्।

    अस्पतालबाट फर्कदै गरेका मन्त्री मेन्याङवोलाई संयुक्त संघर्ष समिति संयोजक युगसन किरात, युवा परिचालन समिति संयोजक निर्मल राई, एलबी मगर, सुनिल राई, मोहन गुरुङ, सप्तमणि राई, किसनकुमार राई, डार्विन राई, टीकाराम राई, धनिराम नछुङ, मनोज राई लगायतले कालो झण्डा देखाएका हुन्।
    कालो झण्डा देखाउँदै मन्त्रीको गाडीतर्फ अघि बढेका पहिचनावादीलाई प्रहरीले बल प्रयोग गरेर छेकेको भिडियोमा देखिन्छ। कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचानवादीबिच झडप भएको छ। झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दै धकेलेको प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समिति संयोजक राईले बताए।

    झडपकै क्रममा युवा परिचालन समिति संयोजक निर्मला राईलाई प्रहरीले लाठी चार्ज गर्दै हातकडी लगाए थिए। तर, पछि हातकडी भने प्रहरीले खोलेका थिए। संयुक्त संघर्ष समिति संयोजक राईलाई भने प्रहरीले लाठी चार्ज गर्दा खुट्टा र शरीरमा सामान्य चोट लागेको छ। कालो झण्डा देखाउने क्रममा पहिचानवादी विरोधी होसियार, प्रहरी दमन मुर्दावाद, डिएसपी मुर्दावाद लगायतको नारा लगाईएको सार्वजनिक भएको भिडियोमा देखिन्छ।
    हिजो साँझ दिक्तेल आएर बास बसेका मन्त्री मेन्याङवो आज बिहानै मझुवागढी पुगेर फर्केका थिए। फर्केपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, चिकित्सक, कर्मचारीसँग छलफल र अनुगमन गरेर फर्कने क्रममा पहिचानवादीहरुले कालो झण्डा देखाएका हुन्। मन्त्री मेन्याङवो आजै ओखलढुंगा हिडेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology