समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रमा शनिबार बिहान वृहत जनश्रमदानमार्फत करिब १५ हजार फूलको बिरुवा रोपेको छ। नगरले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने अभियान अन्तर्गत जनश्रमदानमार्फत फूलका बिरुवाहरु रोपेको हो।
करिब २ सय ५० जनाको उपस्थितिमा दिक्तेलबजारको हाडडाँडाबाट निर्माण गरिएको सिढीको वरिपरि हुँदै कालिका भगवती मन्दिर एवं गुफाको परिसरमा करिब १५ प्रजातिका फूलका बिरुवाहरु रोपिएका छन्।
श्रमदानमा जिल्ला समन्वय समिति, नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकासँगै विभिन्न कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ, शसस्त्र प्रहरी, नेत्र ज्योती संघ, सुभद्रा मदन फाउण्डेसन, आमा समुह, टोल सुधार समिति लगायतको उपस्थिति थियो। 
बिरुवा रोप्नको लागि सिढी वरिपरिका झाडी केही समय अगाडि फडानी गरिएको थियो। सिढीको वरिपरी केही ठाउँमा बिरुवा रोप्नको लागि खनिएको पनि थियो। अधिकांश ठाउँमा शनिबार नै खन्दै बिरुवा रोप्दै गरिएको छ। विभिन्न संघ संस्था, ब्यक्तिहरु मार्फत जिल्लाका विभिन्न ठाउँबाट फूलका बिरुवा संकलन गरिएको नगरपालिकाले जनाएको छ।
मझुवागढी क्षेत्रमा एक पटक घुम्न आउनै पर्ने स्थान निर्माणको अभियानमा फूलको पहाड निर्माण गर्न सुरु गरिएको उपमेयर विसन राई बताउँछन्।नग रपालिकाले नीति तथा कार्यक्रममै समावेश गरेर अघिल्लो वर्ष केही बिरुवा रोपे पनि पुर्ण तयारी नपुग्दा संरक्षण गर्न नसकिएको मेयर तीर्थराज भट्टराईले बताए। यसवर्ष २ जना कर्मचारी नै राखेर फूलको संरक्षण गरिने उनको भनाइ छ।
यो पनि पढ्नुहोस,मझुवागढी सौन्दर्यकरणलाई १ करोड ५३ लाख विनियोजन
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology