• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मझुवागढी सौन्दर्यकरणलाई १ करोड ५३ लाख विनियोजन

मझुवागढी सौन्दर्यकरणलाई १ करोड ५३ लाख विनियोजन


समायोजन खबर
  • बुधबार, असार १३ २०८०

  • धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती,मझुवागढी।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा कालिका भगवति तथा मझुवागढी सौन्दर्यकरणका लागि १ करोड ५३ लाख ८४ हजार बजेट विनियोजन गरेको छ।

    बुईपामा प्रदेश सरकारसँगको सहकार्यमा निर्माणाधिन सय फिट अग्लो यलम्बरको मुर्ती तथा पार्क निर्माणलाई निरन्तरता दिन आन्तरिक श्रोतबाट २ करोड १० लाख बजेट विनियोजन गरिएको उपमेयर बिसन राईले जानकारी दिए। राईका अनुसार नेर्पाको साकेला भिलेज पार्क निर्माणलाई निरन्तरता दिन ४६ लाख १६ हजार र नुनथलाको हँतोलुङ साँस्कृतिक पार्क निर्माणका लागि ८० लाख बजेट विनियोजन गरिएको छ।

    नगरपालिका भित्र रहेका महत्वपूर्ण धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि प्रत्यक्ष चित्रकला निर्माण तथा राष्ट्रिय स्तरको प्रदर्शनी कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रम ल्याईएको मेयर तीर्थराज भट्टराईले बताए।
    हलेसी आएका तीर्थयात्रीलाई दिक्तेलस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न आउने वातावरण सिर्जना गर्न, पर्यटकको आतिथ्यताका लागि होटल ब्यवसायी संघ सँगको सहकार्यमा दिक्तेल बजारका होटलहरुको सुविधा अनुसारको श्रेणी विभाजन गरी थप सुविधा सम्पन्न बनाउन आवश्यक पहल गरिने मेयर भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

    हाटडाँडा, देविस्थान, मझुवागढी, सेतेटारछेउ, नाहिमा हुँदै सिद्धेश्वर गुफा सम्मको व्यवस्थित पैदलमार्ग (हरियाली फूलमार्ग) निर्माण र कालिका भगवती तथा मझुवागढी संरक्षण र प्रवर्द्धनका लागि गुरुयोजना तयार गरी यसलाई फूलै–फूलको पहाडको रुपमा विकसित गरिने पनि नीति ल्याईएको छ।

    नगरपालिकाको हुर्लुङबाट प्रचुर पर्यटकीय सम्भावना रहेको रुपाकोट, मैयुँ, मेरुङ हुँदै मुन्दुम ट्रेलको विकासका लागि पहल गरिने र कालिका भगवती मन्दिर परिसर आसपासमा शिव–पार्वतीको मुर्ती स्थापना गर्न दाताहरूसंग आवश्यक पहल गरिने तथा पर्यटन पत्रकारितालाई प्रोत्साहन गर्न नगरपालिकाले नीति ल्याएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology