समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाको आयोजना तथा काठमाण्डौ मेडिकल कलेज काठमाण्डौको प्राविधिक सहयोगमा सुरु भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ८७५ जना नागरिकले विभिन्न किसिम स्वास्थ्य सेवा लिएका छन्।
पृथ्वी मावि बाक्सिलामा आज र भोली चल्ने शिविरको पहिलो दिन गाउँपालिकाको विभिन्न भूगोलबाट आएका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती लगायतले सेवा लिएका हुन्।
स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक,कान, घाटी, आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान भएको छ।
शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा काठमाण्डौ मेडिकल कलेजका चिकित्सकहरुले परीक्षण तथा उपचार गरेका छन्।
शिविरमा आवश्यक पर्ने औषधिको गाउँपालिकाले व्यवस्थापन गरेको छ। शिविरमा आउन तथा उपचारपछि घर जानका लागि गाउँपालिकाले एक वटा बस रिर्जभ गरेको छ। शिविरबाट शल्यक्रिया गर्नुपर्ने विरामी पहिचान भएमा ५० प्रतिशत छुट लिएर काठमाण्डौ मेडिकल कलेजमा लगेर निशुल्क उपचार गरिदिने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष समिर राईले बताए। त्यसका लागि बिरामीलाई आवतजावत खर्च गाउँपालिकाले व्यहोर्नेछ। 
शिविर सञ्चालनका लागि काठमाण्डौ मेडिकल कलेजका सञ्चालक एवंम प्रतिनिधिसभा सदस्य सुनिल शर्मा स्वयंम बाक्सिला आएका थिए। अन्तिम दिनको शिविर भोली बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। आफ्नै गाउँठाउँमा सबै किसिमका स्वास्थ्य सेवा पाएपछि नागरिकहरु हर्षित देखिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology