Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गर्यो

केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गर्यो


समायोजन खबर
  • सोमबार, फाल्गुन १५ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गरेको छ। गाउँपालिका अध्यक्ष समिर राईको अध्यक्षतामा आईतबार सम्पन्न १२ औं गाउँसभा तथा हिउँदे गाउँसभामा माघ मसान्तसम्म कूल वजेटको ३७.८२ प्रतिशत वजेट खर्च भएको जानकारी दिईएको छ।

    गाउँपालिकाको कूल वजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैयाँमा १७ करोड ३७ लाख ६७ हजार ७१४ रुपैयाँ बजेट खर्च भएको गाउँसभामा लेखापाल राजकुमार खत्रीले जानकारी गराएका थिए।

    गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म चालुतर्फ ४५.०८ प्रतिशत र पुँजीगततर्फ २२.७३ प्रतिशत रकम खर्च गरिसकेको छ। माघ मसान्तसम्म प्रक्षेपित राजश्वमध्ये ७४.४७ प्रतिशत राजश्व संकलन भएको लेखापाल खत्रीले बताएका छन।

    साउनदेखि माघ मसान्तसम्म गाउँपालिकाले ६७.८३ प्रतिशत योजना सम्झौता गरेको र १०.०५ प्रतिशत योजना फछ्र्यौट गरेको योजना शाखा प्रमुख सन्तोष राईले सभामा जानकारी गराएका थिए।

    गाउँसभाले बर्खे अधिवेशनपछि प्रदेश सरकारबाट प्राप्त ६ वटा र संघीय सरकारबाट प्राप्त ३ वटा कार्यक्रमलाई वार्षिक वजेटमा समावेश गरेको छ। वडाबाट संशोधन भएर आएका सम्पूर्ण कार्यक्रमहरु गाउँसभाबाट अनुमोदन भएको छ। सभाले केही पालिका स्तरीय कार्यक्रमलाई पनि संशोधन गरेर नयाँ थप कार्यक्रम बनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology