समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत स्वास्थ्य परिक्षण गरिएको हो।
सोमबार राजापानी वडा कार्यालयमा एकिकृत सेवा प्रवाह अन्तर्गत २०० जना ज्येष्ठ नागरिकको मधुमेह, रक्तचाप लगायत नियमित स्वास्थ्य परिक्षण र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताउनुभयो।
संयोजक घिमिरे, स्वास्थ्य चौकी अर्खाैलेका प्रमुख विवेक पराजुली, स्वास्थ्य चौकी राजापानीका प्रमुख आरती राई र वावुराम खड्काले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुभएको थियो।
ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुहुदै स्वास्थ्य चौकी अर्खौलेका प्रमुख विवेक पराजुली ।
वडामै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम जिल्लामै पहिलो कार्यक्रम हो। दोश्रो चरणबाट नगरको दुर्गम वडाहरुका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्छौ। संयोजक घिमिरेले भन्नुभयो, ‘अब डिकुवाका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने हाम्रो लक्ष्य छ।’
राजापानीको स्वास्थ्य परिक्षण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, वडाध्यक्ष अनिश कार्कीको उपस्थिती थियो। वडामै स्वास्थ्य परिक्षण गराउन पाउँदा खुशी लागेको ज्येष्ठ नागरिकहरुले प्रतिक्रिया दिएका छन्।
यो पनि पढ्नुहोस, हलेसी तुवाचुङ : वडामै सामाजिक सुरक्षा भत्ता र योजना सम्झौता
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology