Samayojan khabar

Advertisment

SKIP THIS

तेक्वान्दो खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिकाको सम्मान

तेक्वान्दो खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिकाको सम्मान


समायोजन खबर
  • शनिबार, पौस ९ २०७९

  • तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राजकुमार राईलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राजकुमार राईलाई सम्मान गरेको छ।

    केही दिनअघि गृहपालिका आइपुगेका राईलाई शुक्रबार गाउँपालिकाले सम्मान गरेको हो। तेक्वान्दो खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरेका हुन्।

    गाउँमा जन्मिएर तेक्वान्दोको माध्यमबाट देशलाई चिनाउनमा पु¥याएको योगदानको कदर गर्दै राईलाई सम्मान गरिएकोे गाउँपालिकाले जनाएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर निवासी राईले आठौं साफमा नेपालकातर्फबाट तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए। यस्तै, १० औं एसियन गेममा नेपाललाई पहिलो कास्य पदक जिताएका थिए।

    उनीसँग वल्ड तेक्वान्दो च्याम्पियनमा पनि प्रतिस्र्धा गरेको अनुभव छ। उनको पछिल्लो फिल्म ‘सोउल अफ द कमाण्डो’ हाल विभिन्न हलमा चहिरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology