समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नि पीडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत वितरण गरेको छ। खोटाङ समाज हङकङले स्थापना गरेको कोषले बुधबार घट्नास्थलमा पुगेर पिडितलाई राहत वितरण गरेको हो।
४ पुसमा भएको आगलागीबाट विस्थापित भएका दिल गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, तारादेवी राई र हस्तकुमारी राईलाई जनही १० हजारका दरले राहत वितरण गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातीले जानकारी दिए।
पिडितलाई कोषका अध्यक्ष भोगेन्द्र राई र केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले राहत वितरण गर्नुभएको थियो।
२०७२ सालमा खोटाङ समाज हङकङको सक्रियतामा आर्थिक संकलन गरेर २०७४ सालदेखि कानुनी मान्यता प्राप्त भई राहत वितरण गर्दै आएको कोषले आगलागी, बाढी पहिरो, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक विपदमा तत्काल राहत उपलब्ध गराउने गरेको छ।
आगलागीबाट दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजारको क्षति भएको छ।
अग्नि पिडितलाई रेडक्रस, खोटाङ उधोग वाणिज्य संघ र खोटाङ उधोग वाणिज्य संघ शाखा कार्यालय बाक्सिलाले सहयोग गरिसकेको छ। सहयोग जुट्ने क्रम जारी छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology