समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा हेर्दाहेर्दै आगोको लप्काले पाँच घर खण्डहर बनाईदियो।
सोमबार साँझ साँढे ५ बजे स्थानीय दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट भयो। बाक्सिलाबजार शोकमा डुब्यो। कसैको अनुहार उज्यालो देखिएन, थिएन।
विधुत सर्ट भई गुरुङको घरबाट निस्किएको आगोले अन्य चार घर नष्ट गर्दा ४ करोड ९९ लाख ३३ हजारको क्षति ग¥र्यो। मानिसलाई एकैछिनमा सडकमा ल्याईदियो। भाग्यबस मानवीय र चौपाया क्षति भएन।
साँझ साँढे ५ बजेबाट लागेको आगोलाई स्थानीय, प्रहरी, जेसिभि र स्काभेटर प्रयोग गरेर राती करीव साँढे ८ बजे नियन्त्रणमा ल्याईएको केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो। उपाध्यक्ष राईका अनुसार पाँच घरको किचनमा भएको खाना पकाउने ग्यास पड्कीदा आगोले उग्र रुप लियो।
आगो नियन्त्रणमा भिमा कन्ट्रक्सन प्रालिको डोजर र अपरेटर पुरण घर्तिमगरले ज्यान कै बाजी राखेर नियन्त्रणमा सहयोग पु¥र्याएका थिए। घर्तिमगरले आगोको मुस्लोमै डोजरको बकेटले हानेर आगो निभाए, अन्यतिर फैलिन दिएनन्। आगो नियन्त्रणमा आए पनि विस्थापित नौ परिवारको बिचल्ली भयो।
सोमबार गाउँपालिकाको आकस्मिक वैठकले अग्नि पिडितलाई तत्काल पुर्नस्थापना र राहत दिने निर्णय ग¥र्यो। र, मंगलबार बिहान गाउँपालिकाले त्रिपाल लगायतका राहत पनि दियो।
आगलागीबाट पूणरुपमा घर जल्दा गुरुङको १ लाख सोही घरमा रहेको किराना सामानको गोदाम जल्दा ५४ हजार ५००, निजकै घर भाडामा लिई कपडा पसल गर्ने रत्ना गुरुङको नगद ७५ हजार र पसलको सामान जलेर नष्ट हुँदा १३ लाख ७२ हजार, परियारको नगद १ लाख र टेलर पसल जलेर नष्ट हुँदा ७१ लाख ९ हजार क्षति भयो।
शुभराज राईको घर नष्ट हुँदा उनको घर भाडा लिएर बस्दै आउनु भएका केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको कपडा पसल, पुस्तक पसल, किराना पसलसहित नगद २ लाख समेत जलि नष्ट हुँदा १ करोड २५ लाख, सोही घरमा इन्द्रा राईको होटल र पसल जल्दा ७ लाख ५० हजार, अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र अकबरकै घरमा नेपाली कांग्रेस पार्टीको समन्वय कार्यालयको फर्निचर जल्दा २ लाखको क्षति भएको छ।
श्रेष्ठको घर र घरमा भएको भाँडा पसल, कपडा पसल र नगद ५० हजार समेत नष्ट हुँदा १ करोड ४१ लाख ७७ हजार र श्रेष्ठकै छोरा पवन श्रेष्ठले सोही घरमा भाडा पसल गरी आएकोमा नगद ४० हजार र पसलको सामान जलि पूर्णरुपमा नष्ट हुँदा ३० लाख ४० हजारको क्षति भएको छ।
अग्नि पिडितलाई रेडक्रसको राहत
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले बाक्सिला बजारका अग्नि पिडितलाई राहत वितरण गरेको छ । मंगलबार रेडक्रसका मन्त्री छत्रकुमार वजिमय बाक्सिलाबजार पुगेर अग्नि पिडित नौ परिवारलाई त्रिपाल, कम्बल, म्याट्रेस, भाडा सेट, सर्ट र पेन्टको कपडा, सारी, प्रिन्ट र सादा कपडा प्रदान गरेका हुन्।
अग्नि पिडितलाई गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, उपाध्यक्ष गुरुराज राई र रेडक्रसका मन्त्री वजिमयले राहत सामाग्री वितरण गर्नुभएको थियो।
राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवंम जिल्ला विपद व्यवस्थापन समिति संयोजक सेडाईले क्षतिको विवरणहरु गृह मन्त्रालयमा पठाउने र क्षतिपुर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
गाउँपालिका अध्यक्ष राईले कसैलाई पनि विचलन नभई विपतको सामाना गर्न आग्रह गर्नुभएको छ। गाउँपालिकाले सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने र सबैलाई विपत्तीको घडीमा सहयोग गर्न आग्रह गर्नुभएको छ।
अग्नि पिडितलाई वाणिज्य संघको राहत
खोटाङ उधोग वाणिज्य संघ र खोटाङ उधोग वाणिज्य संघ बाक्सिला शाखाले अग्नि पिडित नौ परिवारलाई आर्थिक सहयोग गरेको छ। खोटाङ उधोग वाणिज्य संघको ७० हजारसहित बाक्सिला शाखाले संकलन गरेको ४ लाख ५५ हजार ९५ रुपैयाँ मध्येमा २ हजार ८०० राहत कोष खाता खोल्न राखेर अन्य बाँकी रकम मंगलबार(आजै) पिडितलाई वितरण गरिएको खोटाङ उधोग वाणिज्य संघ बाक्सिला शाखा अध्यक्ष शिव राईले बताउनुभयो।
राईका अनुसार अग्नि पिडित तारादेबी राई, डिल्ली कुमार श्रेष्ठ, दिल गुरुङ, पवन कुमार श्रेष्ठ, हस्त कुमारी राई, लक्ष्मी राई, ईन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही ५० हजार २५५ रुपैयाँका दरले राहत वितरण गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology