समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको विशेष पहलमा निर्माण भएको अपाङ्गमैत्री विद्यालय भवनको उद्घाटन गरिएको छ। गाउँपालिकाको बाक्सिलाबजारस्थित पृथ्वी मावि परिसरमा निर्माण गरिएको १८ कोठे विद्यालय भवनको मंगलबार भव्यरुपमा उद्घाटन गरिएको हो।
बेलायती नागरिक इड फ्लानागण र रोबर्टसन अलास्डायरले संयुक्त रुपमा दिएको ७ करोड वजेटमा निर्मित १२ कोठे र ६ कोठे विद्यालय भवनको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई र गाउँपालिका अध्यक्ष राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
अपाङ्गमैत्री भवनसँगै एकवटा सामुदायिक हल, नौ कोठे अपाङगमैत्री शौचालय, १४ वटा खानेपानीको धारा पनि निर्माण गरिएको छ। भवन तथा अन्य संरचनाहरु पृथ्वी मावि विद्यालय व्यवस्थापन समितिले २०७६ मंसिरबाट सुरु गरेर २०७८ फागुनमा काम सकेको थियो।
हालका केपिलासगढी गाउँपालिका अध्यक्ष राईले गोर्खा ब्रिटिस वेलफेयर दिक्तेलमा भवन आवश्यक छ भनि निवेदन दिनुभएको थियो। वेलफेयरले त्यो निवेदन बेलायत पठाईदियो अनि बेलायतबाटै ईन्जिनियर आएर विद्यालय भवन आवश्यक भए/नभएको सर्वेक्षण गरे। त्यसपछि प्रदेश १ भित्रै ठूलो योजना हुने प्रमाणित भएपछि वजेट दिनुभयो र भवन बन्यो। पृथ्वी माविका प्रधानाध्यापक रण बहादुर राईले भने।
दाताद्धय फ्लानागण र अलास्डायरले दिएको ७ करोड वजेटमा १० प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्ने थियो। जनश्रमदानको वजेट जनताबाट नउठ्ने भएपछि गाउँपालिकाले नै वजेटको व्यवस्थापन गरिदियो। प्रअ राईले भने। 
निर्माण भएको १८ वटा कोठाहरुमा कक्षा शिशुबाट १२ कक्षासम्म पठनपाठन गराईने प्रअ राईले बताए। भवन उद्घाटन कार्यक्रममा दाताद्धयलाई सामाजिक विकास मन्त्री राई र गाउँपालिका अध्यक्ष राईले दोसल्ला, ढाकाटोपी ओढाई कदर पत्रले सम्मान गर्नुभएको छ।
आफू लागेर गरेको कामले पूर्णता पाउँदा ज्यादै हर्षित भएको गाउँपालिका अध्यक्ष राईले बताए। व्यक्तिगत पहल गर्दा हामीले १८ कोेठे विद्यालय भवन पायौं। यो समग्र बाक्सिलाबासी र गाउँपालिकाबासीको सौभाग्य हो। हाम्रो कामले शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो योग्दान पुगेको छ। गाउँपालिका अध्यक्ष राईले भन्नुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology