• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रमका लागि केपिलासगढी गाउँपालिकाको सरोकारवालासँग अन्तरक्रिया

नीति तथा कार्यक्रमका लागि केपिलासगढी गाउँपालिकाको सरोकारवालासँग अन्तरक्रिया


समायोजन खबर
  • मंगलबार, असार ७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमका लागि गाउँपालिका भित्रका सरोकारवालासँग बृहत छलफल तथा अन्तरक्रिया गरेको छ।

    आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमको सम्बन्धमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी, पत्रकार, समाजसेवी, व्यापारी, नागरिक समाजका अगुवाहरु लगायतसँग मंगलबार गाउँपालिकामा छलफल तथा अन्तरक्रिया गरेको हो।
    गाउँपालिका अध्यक्ष समिर राईको सभापतित्वमा भएको छलफल तथा अन्तरक्रियामा सहभागीहरुले कृषि, स्वास्थ्य, शिक्षा र सडक पुर्वाधारलाई विशेष ध्यान दिएर बजेट निर्माण गर्न गाउँपालिकालाई सुझाव दिएका छन्।

    गाउँपालिका अध्यक्ष राईले गाउँपालिकालाई हित हुने र वजेटले भ्याएसम्मका योजनाहरु आउने नयाँ आर्थिक वर्षमा ल्याउने तथा नमुना गाउँपालिका बनाउने प्रतिवद्धता जनाउनु भएको छ। नमुना गाउँपालिका बनाउनमा सहयोग गर्न पनि सहभागीहरुलाई आग्रह गरेका छन् ।

    केपिलासगढीले ११ असारमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्दैछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology