• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

को हुन् रामचन्द्र राई, यसकारण नगर सभापतिमा उम्मेद्वारी घोषणा

को हुन् रामचन्द्र राई, यसकारण नगर सभापतिमा उम्मेद्वारी घोषणा


समायोजन खबर
  • सोमबार, भाद्र २१ २०७८

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापतिका उम्मेद्वार रामचन्द्र राई।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका निर्वाचित वडाध्यक्ष रामचन्द्र राई नेपाली कांग्रेसका जुझारु युवा नेता हुन्। ३५ वर्षीय युवा नेता राईले आगामी भदौ २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हुने नगर अधिबेशनका लागि सबैभन्दा पहिला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन्। यसले उनको राजनीतिक उचाई बढाएको छ।

    बि.स २०४३ साल मंसिर १६ गते आमा रामशोभा राई र बुबा हर्कराज राईको जेठा छोराको रुपमा खार्मीमा जन्मिएका उनले २०६० सालमा कालिका मावि खार्मीबाट एसएलसी उतीर्ण गरेका हुन्। प्रवेशिका परीक्षा उतीर्णसँगै पशुपति क्याम्पस काठमाडौ र आरआर क्याम्पस काठमाण्डौबाट उच्च शिक्षा हाँसिल गरेका हुन्।

    उनको राजनीतिक यात्रा भने पशुपति क्याम्पस काठमाण्डौदेखि २०६२ साबाट सुरुवात भएको हो। नेविसंघको क्याम्पस इकाई समिति सदस्य पदवाट राजनीति सुरु गरेका उनले संम्भवतः राजनीतिमा पछाडी फर्केर हेर्नु परेन। राजनीतिक उत्तारचढावका वावजुद उपल्लो पदहरु नपाए पनि उनी पार्टीमा क्रियाशिल भईरहे। खटिरहे।
    यसरी बनेका थिए गाविस सभापति
    बि.स २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दिलो ज्यान दिएर खटेका उनी अन्ततः खार्मीको गाउँ कार्य समिति सभापति बनेरै छोडे । यसले उनको राजनीतिमा अर्को ईटा थपीदियो।
    २०७३ सालको छैटौ जिल्ला अधिबेशनबाट खार्मीको गाउँ कार्य समिति सभापति बन्नमा जिल्लाका सिनियर नेताको हात थियो। पशुपति क्याम्पसमा नेविसंघको क्याम्पस इकाई समितिको सदस्य पदमा वसेर राजनीति गरिरहेका उनलाई आफ्नो गाउँमा गएर राजनीति गर्नमा सिनियर नेताहरुले पुस गरेका थिए।
    तिनै सिनियर नेताहरुका कारण आफू खार्मीको गाउँ कार्य समिति सभापति बनेको उनले बताए।
    वडाध्यक्षमा उनकै वर्चस्व
    मुलुकमा संघीयता लागू भएपछिको पहिलो स्थानीय चुनावमा कम्युनिष्टको गड मानिएको खार्मीमा उनले वडाध्यक्ष पद पनि जिते। पार्टीको कमजोर संगठन र कम्युनिष्टको पेलाईका वीचमा खार्मीको वडाध्यक्ष पदमा उनैले बाजी मारे। यतिसम्म कि आफ्नो सेट नै जिताईदिए।वडाध्यक्ष बनेपछि उनले जनताको कामसँगै संगठन विस्तारलाई त्यतिकै प्राथमिकता दिए। वडामा विवादरहित काम गर्नमा उनी सफल भए। अब्बल कामहरु गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यपालिका वैठक र नगरसभाहरुमा उनी एक्लैले सिङगो कांग्रेसको प्रतिनिधित्व गर्दै प्रतिपक्षको आवाज उठाउदै आए। प्रतिपक्षको भूमिकामा जोडदार लागे/लागिरहे।

    नगरपालिकामा प्रतिपक्षको भूमिकामा रहेर नगरको बेतिथिलाई जनता समक्ष उजागर गरेर सच्याउन वाध्य समेत बनाएको उनी बताउँछन् ।
    नगर सभापतिमा उम्मेद्वारी किन ?
    बिना टिम, बिना गुट दिक्तेल नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका राईले सभापति जितेको खण्डमा संगठन विस्तार र मजवुतीलाई प्रथम प्राथमिकता दिने बताएका छन्। आगामी स्थानीय निर्वाचनमा नगरपालिका जिताउनका निमित्त अहम भूमिका खेल्ने उनको योजना छ।
    १२ महिनामा ६ महिना १५ वटै वडामा पुगेर संगठन विस्तार र वडा समितिको समस्या हल गर्ने, वडा समितिलाई चलयमान राख्ने, वडा समितिलाई प्रत्येक टोलमा टोल समिति गठन गर्न लगाउने, वडा समितिको समस्यालाई जिल्ला कार्य समितिमा ल्याई पेश गर्ने, नगर समिति र १५ वडाका वडा सभापतिको समिक्षा वैठक ६/६ महिनामा गराउने राईको योजना छ।

    विकास निर्माणको अनुगमन र अनियमिततको समिक्षा गरी वडा सभापतिवाट रिपोर्ट लिने, रिपोर्ट लिएपछि नगर समिति फिल्डमा गएर विकास निर्माणको वास्तविकता बुझ्ने र वाहिर ल्याउने, पछाडी परेका भुगोल हेरी विकासमा जोड दिने, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा भएको समस्याहरु समाधान गर्न पहल गर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चलयमान बनाउन पहल गरिने, युवा तथा खेलकुदमा प्रत्यक्ष संलग्नता/सहभागिताका लागि नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा भएको नेता राईले बताउनुभयो।

    पहिला बजार केन्द्रीत नेतृत्व भएकाले गाउँकाले पनि नेतृत्व गर्न सक्षम छ भन्नका लागि, युवा पुस्तामा नेतृत्व ल्याउनका लागि आफ्नो उम्मेदवारी घोषणा भएको नेता राईको भनाई छ। नगर सभापतिमा देखिएका आकाङक्षी मध्ये राई सबैभन्दा कान्छो नेता हुन्।
    यो पनि पढ्नुहोस,कांग्रेस आसन्न नगर अधिबेशन:रामचन्द्र राईले गरे सभापतिको उम्मेद्वारी घोषणा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology